कुन्जपार्क रात्रीकालीन उद्यानको तेस्रो स्थापना दिवस
जेष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न
प्रकाश पाण्डे । फागुन ५ गते ।
रुपन्देहीको तिलोत्तमा ६ कुन्जलापुरमा रहेको कुन्जपार्क रात्रीकालीन उद्यानको तेस्रो स्थापना दिवस एवँ जेष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न भएको छ । पार्कका अध्यक्ष लोक पुनको अध्यक्षता एवँ तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले तिलोत्तमा कै शानका रुपमा रहेको कुन्जपार्कलाई ब्यवस्थित गरेर लैजानुपर्नेमा जोड दिएका छन । वक्ताहरुले पार्कलाई ब्यवस्थित बनाउन केन्द्र, प्रदेश, नगर सरकार, विभिन्न सँघ—सँस्था तथा ब्यक्ति विशेषको पहलकदमी आवश्यक रहने बताएका हुन ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाडले धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व बोकेको पार्कलाई ब्यवस्थित गर्न नगरपालिका सदैव तयार रहेको बताउनुभएको छ । वहाँले भिजिट लुम्बिनी—स्टे तिलोत्तमाको सपना साकार पार्न यसखाले पार्कहरुले महत्वपुर्ण भुमिका खेल्ने समेत प्रष्ट पार्नुभयो । साथै वहाँले सामाजिक भावनाले ओतप्रोत आम कुन्जलापुरवासीको सँस्कारी र अनुशाशित कार्यले पार्क ब्यवस्थापनमा महत्वपुर्ण योगदान पुगेको भन्दै प्रशँशा गर्नुभयो ।
नगर प्रमुख खाडले म्युजिकल फाउण्टेन लगायतका निर्माण कार्यका लागी नगरपालिकाको तर्फबाट १ करोड १ लाख बजेट छुटटाएको समेत जानकारी दिनुभयो । ब्यवस्थापन समिति अध्यक्ष लोक पुनले बार्षिक प्रगति प्रतिबेदन पस्तुत गर्दै कुन्जपार्कलाई ब्यवस्थित बनाउन हरसँम्भव प्रयास गरिएको बताउनुभयो । वहाँले पार्कलाई सबैको साझा र जेष्ठ नागरिकहरुको थकाई मार्ने ठाउँका रुपमा समेत विकाश गर्दै लगिएको जानकारी दिनुभयो । कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै कुन्जपार्कका कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक हिसावले कुन्जपार्कलाई थप बलियो बनाउन निरन्तर लागीपरेको जानकारी दिनुभयो । वहाँले कुन्जपार्कबाट भएको आम्दानी पार्क कै खर्च ब्यवस्थापनमा लगाइएको जानकारी दिनुभयो ।
कार्यक्र्रममा तिलोत्तमा नगरपालिका वडा न ६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य नरबहादुर छन्तेल, प्रमुख प्रशाशकिय अधिकृत नारायण अर्याल, पार्कका प्रमुख योजनाकार तथा उमा आधारभुत आधारभुत विद्यालयका अध्यक्ष छत्रबहादुर दर्लामी, तिलोत्तमा उद्योग वाणिज्य सँघका निर्वतमान अध्यक्ष गुणानिधी भण्डारी माधव, तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठक, शिक्षाप्रेमी तथा सामाजिक ब्यक्तित्व शुशिल कुमार घिमिरे लगायतको सहभागिता रहेको थियो । करीब १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रमको सन्चालन पार्कका उपाध्यक्ष सँगिता गुरुगँले तथा स्वागत कुन्जपार्कका सदस्य उमीसरा दर्लामीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया