सडक बिभागद्वारा एम्बुलेन्स जाने मूल बाटो मै ब्लक राखेर अवरोध
तिलोत्तमा । फागुन ५ गते । किमसन अस्पताल अगाडी मुल गेटसँग जोडिएको सिक्स लेन सडकको बीच भागमा सडक विभागले ब्लक राखेर अवरोध गरेको घटनाप्रति अस्पतालले निन्दा गरेको छ । बुटवलबाट आउदै गर्दा अस्पताल प्रवेशका बनाइएको मुख्य हाइवेको बीच भागमा सडक विभागले सिमेन्टको ब्लक राखेर सडक अवरोध गरेको घटनाप्रति अस्पतालले आपत्ति प्रकट गरेको हो ।
अस्पताल प्रशाशनले मुल सडकमा सिमेन्टका ब्लक राखेर सडक अवरोध गरिएको घटनाप्रति आश्चर्य प्रकट गर्दै घटना सुनियोजित र अस्पतालमा उपचार गर्न पाउने सेवाग्राहीको नैसर्गिक अधिकार माथिको ठाडो हस्तक्षेप भन्दै भत्र्सना गरेको हो ।
विरामीको प्रकृति हेरिकन एक एक सेकेन्डको पनि महत्व हुने र समय मै उपचार गर्न नपाए सेकेन्डभर मै ज्यान जाने अवस्था सिर्जना हुने गरेको भन्दै सडक अवरोध गरेर सडक विभागले आम सेवाग्राहीको भावना र समय मै उपचार गर्न पाउने अधिकारलाई समेत लत्याएको भनेको छ । अस्पतालले तत्काल सडकमा लगाएको बार नहटाए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
तपाईको प्रतिक्रिया