00:00:00
खेलकुद

तिलोत्तमा नगरस्तरीय ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम

आइतबार फाल्गुण १८, २०८१/ Sunday 03-02-25

तिलोत्तमा । तिलोत्तमा नगरस्तरीय ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका परिसरमा आयोजित समापन कार्यक्रममा नगर खेलकुद विकाश समितिका सँयोजक लोक पुनले ६ हप्तादेखि निरन्तर अभ्यास र प्रशिक्षणमा रहेको विद्यालयस्तरीय १३ बर्ष मुनिका खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र दिदै थप उर्जावान भई फुटवल खेल्न आग्रह गर्नुभयो ।

सो अवसरमा बोल्दै सँयोजक पुनले सिँगो तिलोत्तमा नगरपालिकालाई खेलमैत्री नगरको रुपमा विकाश गर्ने लक्ष्य अनुरुप भैरहेका प्रयास र गतिविधिले मुर्तरुप लिदै गएको जानकारी दिनुभयो । विद्यालयस्तरबाटै खेलाडी उतपादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रशिक्षणबाट विद्यार्थी खेलाडीहरुले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको पुनले बताउनुभयो ।

वहाँले आगामी दिनमा विद्यालय सँख्या थप गरि यो कार्यक्रमलाई अझ प्रभावकारी ढँगले अघि बढाइने बताउनुभयो । सेमरा मावि, शान्ति नमुना र जनज्योति माविका गरि ३० जना विद्यार्थी खेलाडीहरुलाई मोहनसिँह राना र गोविन्द गलामी थापाले प्रशिक्षण दिनुभएको थियो । समापन समारोहमा नगर खेलकुद विकाश समितिका सदस्य युवराज रिमाल, अर्जुन यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया