राममणि बहुमुखि क्याम्पसमा दुईदिने राष्ट्रिय गोष्ठी सुरु ,संस्कृति सम्वद्र्धनमा सांसद घिमिरेको जोड
बिन्दु भट्टराई, तिलोत्तमा १८ फागुन ।
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि संस्कृतिको सम्बद्र्धन जरुरी रहेको बताउनुभएको छ । संस्कृतिमा धनी मुलुृकहरुमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै घिमिरेले यसको फाईदा लिन राज्य चुकेको बताउनुभएको हो । राष्ट्रिय संस्कृतिलाई स्रोतको रुपमा विकास गर्ने लक्षसहित राममणि बहुमुखि क्याम्पसले आईतबारदेखि सुरु गरेको दुईदिने राष्ट्रिय गोष्ठीको उद्धघाटनका क्रममा बोल्नुहुदै घिमिरेले पुरातात््िवक महत्वका बिषय प्रशस्त हुँदा पनि राज्यले त्यसलाई आर्थिक अर्थतन्त्रमा जोड्न नसक्नु दुखद भएको भन्दै प्रचाप्रसारमा जोड दिनुपर्ने खाँचो औल्याउनुभयो ।
उहाँले अन्य राष्टहरुले संस्कृति प्रवद्र्धन गरेर थुप्रै आम्दानीको स्रोत जुटाउन सकेको उदाहरण दिदै यसतर्फ राज्य गंभिर बन्न सके धेरै नै संभावना रहेकोले सवै वर्ग सचेत हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले मुलुकको संस्कृतिलाई जोडेर उधोग व्यवसायलाई समेट्ने गरि नीति निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
प्राध्यापक भार्गव धितालले संस्कारसंस्कृती जगेर्नामा कम चासो भएकोप्रती चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पुस्तापुस्ताबाट ग्रहण गरिदै आएका संस्कार संस्कृतिबारे आउने पुस्तालाई पनि बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका पुर्व न्यायाधीश तेजप्रसाद केसिले संस्कृति प्रवद्र्धनमा यो कार्यक्रम फलदायी हुने उल्लेख गर्दै संस्कृतीलाई जोगाउन सके विस्तारै आर्थिक उपार्जनसंग जोड्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
गोष्ठीको पहिलो दिनको नोट स्पीकरको रूपमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविद डा. जगमान गुरुङ भर्चुअल रूपमा सहभागि रहेर सहजीकरण गर्नुभएको थियो भने त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. कृष्णचन्द्र शर्मा र सहप्राध्यापक टिकाराम गौतमको प्रत्यक्ष प्रस्तुती रहेको थियो ।
टिप्पणी कर्ताका रुपमा प्राध्यापक डा. गणेशप्रसाद पाठक, प्राध्यापक डा. बाबुराम ज्ञवाली र प्राध्यापक डा. कपिलदेव लामिछाने रहनुभएको गोष्ठीमा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली,सहायक प्राध्यापक अशोक भण्डारी, संस्कृतिविद, समाजशास्त्रसम्बन्धी प्राज्ञ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैरेले बताउनुभयो । मणिग्रामस्थित विश्राम वाटिकामा आयोजना गरिएको गोष्ठी सोमबारसम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया