00:00:00
स्थानिय

तिलोतमा ८ सूर्यपुरामा जारी महायज्ञमा भक्तजनको घुइचो

सोमबार फाल्गुण २६, २०८१/ Monday 03-10-25

तिलोत्तमा ।  फागुन २६ गते। रूपन्देहीको तिलोतमा ८ सूर्यपुरा स्थित विन्ध्यवासिनी मन्दिर क्षेत्र विकास समितिले सञ्चालन गरेको महायज्ञमा भक्तजनहरूको घुइचो लागेको छ  । आइतबार चौथो दिनसम्म कैयौं भक्तजनले दान समेत गरिसक्नुभएको  आयोजकले बताएका छन् । हालसम्म ८५ जना दाताहरूले आफ्नो क्षमता अनुसार एकै व्यक्तिले लाखौं रुपैयाँसम्म दान गर्नुभएको आर्थिक समितिका संयोजक हिरालाल खनालले बताउनुभयो ।

यस्तै, भक्तजनहरूको अपार उपस्थिति भएको आयोजकले बताएका छन् । यसअघि व्यवस्था गरिएको पण्डालले थेग्न नसक्ने हो कि भन्ने स्थितिमा पुगेको आयोजक समितिका सदस्य केशव न्यौपानेले बताउनुभयो ।  विशेषगरी सन्ध्याकालीन शृङ्गारिक महाआरती र प्रातः कालीन ध्यान तथा योगमा युवायुवती समेतको आकर्षण अत्यन्त बढेको देखिएको छ ।

पूर्वीय दर्शन सुन्नका लागि मात्र नभई उपयोग गर्न र व्यवहारमा ढाल्नका लागि भएको आफूहरुले पाएको विन्ध्यवासिनी युवा क्लबले वकालत गर्न थालेको छ । महायज्ञको चौथो दिनसम्म आयोजक अत्यन्त हर्षित मुद्रामा देखिएका छन् । महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले आत्मसन्तुष्टि समेत हुने गरी धार्मिक सत्संगमा जानु नै वर्तमान सभ्यतामा उत्तम विकल्प हुने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया