00:00:00
स्थानिय

तिलोत्तमा व्यापार संघले गर्यो होली मिलन तथा क्यालेण्डर विमोचन कार्यक्रम

बिहीबार फाल्गुण २९, २०८१/ Thursday 03-13-25

बिन्दु भट्टराई,तिलोत्तमा २९ फागुन । 

तिलोत्तमा व्यापार संघले होली मिलन तथा क्यालेण्डर विमोचन कार्यक्रम गरेको छ । संघले बिहिबार एक कार्यक्रमको आयोजना गरी होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा संघको क्यालेण्डर विमोचन गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा एवं लुम्बिनी प्रदेश चेम्वर अफ कमर्शका कार्यवाहक अध्यक्ष जेपी कंडेलले विगत देखिनै संघले दुख सुख जुनसुकै समयमा पनि व्यवसायीका हकहितका लागि काम गरेको उल्लेख गर्दै सामाजिक सद्भावको पर्व होलीले व्यावसायिक एकताको वातावरण नर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नभएको छ । 

त्यस्तै नेकपा एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मिनप्रसाद पोख्रेलले विस्तारै व्यापार व्यावसायमा देखिएको सकरात्मक परिवर्तनबाट आशा बचाउँदै सम्भावनाको खोजी गर्न सुझाव दिनुभएको छ । म पनि व्यवसायी हुँ विस्तारै व्यवसायले गति लिएको पाएको छु,त्यसैले निराश भन्दा आशा र धैर्यतालाई बचाउन आवश्यक छ  पोख्रेलले भन्नुभयो । 

यसैगरी अतिथि रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनका पुर्व अध्यक्ष तथा संघका सल्लाहकार ईन्जिनियर दुजेन्द्र बस्नेतले वजारमा निराशा विकृ गरेर देशबाट दक्ष जनशक्ति विदेशिन वाध्य पार्न खोज्ने तत्व हावी भएको भन्दै यसलाई चिर्न तिलोत्तमा व्यापार संघले भुमिका खेल्नुपर्ने खाँचो औंल्याउनुभएको छ । 

तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै हरेक व्यवसायीमा सकरात्मक उर्जा छाओस् भन्ने शभकामनाका साथमा यस्ता पर्वले एकआपसको सम्वन्धलाई थप प्रगाढ बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होली पर्वको ऐतिहासिक विषयमा समेत चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्मा (विष्णु कालीराज) लगायतले चुनौतीका विचबाट अवसर र सम्भावनाको खोजी गर्न सके व्यवसायी निरास बन्ने वातावरण नबन्नेमा जोड दिनुभएको छ । आशावादी भएर अगाडि बढ्न आग्रह समेत गर्नुभएको छ  । कार्यसमिति सदस्य तारा सुनारलेसंयोजन गर्नुभएको कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु,पत्रकारहरु लगायत सहभागि थिए । 


 

तपाईको प्रतिक्रिया