00:00:00
स्थानिय

बनबाटिकामा नवनिर्वाचित समितिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

मंगलबार चैत २५, २०८१/ Tuesday 04-08-25

तिलोत्तमा । चैत्र २६ गते । रुपन्देहीको तिलोत्तमा १ र २ मा अवस्थित शँकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र बनबाटिकाको चौथो अधिवेशनका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । सोमबार साँझ बानबाटिका परिसर मै एक कार्यक्रमका बीच शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (बनबाटिका) को चौथो अधिवेशनबाट निर्वाचित भई आएका अध्यक्ष खिमलाल पाण्डे, उपाध्यक्ष मिनप्रसाद देवकोटा, सचिव बिदुर केसी, कोषाध्यक्ष मनिराम भट्टराई लेखा संयोजक प्रदिप पराजुली, यसैगरि सदस्यहरु विन्दु ढकाल, सरस्वती बराल, पार्वती थापा, राममाया पौडेल, शंकर भण्डारी, ज्योति थापा, लक्ष्मण मल्ल र लेखा सदस्यहरु सन्दिप भट्टराई र बिष्णु्प्रसाद सुबेदीलाई पद  तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

निर्वाचन सँयोजक मोहन चापागाईको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको र सो अवसरमा अध्यक्ष बेलप्रसाद शर्माले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई अझ उत्कृष्ट ढँगले कार्यसम्पादन गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष खिमलाल पाण्डेले सबैको सल्लाह, सुझाव र मनोभावनालाई बुझेर बनबाटिकालाई विल्कुलै नयाँ र नौलो ढगले अघि बढाउने प्रतिबद्धता जनाए । उनले आफु पदमा रहदा होस वा नरहदा, बाबाटिकाको लागी आफुले निरन्तर समय दिएर काम गरेको र आगामी दिनमा पनि दिनरात नभनि काम गर्ने जनाएका छन । विभिन्न राजनैतिक दलका प्रतिनिधि, निर्वाचन अधिकृत, बुद्धिजिवि, सल्लाहकार, पुर्व कार्यसमिति सदस्य तथा पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधी एवँ बनबाटिकाप्रति सरोकार राख्ने आम सर्वसाधरणको सहभागिता रहेको कार्यक्रमको सन्चालन नवनिर्वाचित सचिव विदुर केसीले गरेका थिए । 

तपाईको प्रतिक्रिया