लिटिल प्याराडाइजमा दीक्षान्त समारोह, नतिजा प्रकाशन र पुरस्कार वितरण
प्रकाश पाण्डे । चैत्र २९ गते ।
रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा रहेको लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुलमा शुक्रबार एकैदिन दीक्षान्त समारोह, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ । प्राचार्य केएन सागर ज्ञवालीकोे अध्यक्षता रहेको कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष जीतेन्द्र बौडेल जीतुले लिटिल प्याराडाइजको शिक्षण विधि आफैमा उत्कृष्ट र उदाहरणीय रहेको बताउनुभयो ।
प्रमुख अतिथि समेत रहनुभएका वहाँले गुणस्तरीय शिक्षाका लागी विद्यालयले गरेको प्रयासले मुर्तरुप लिदै गएको प्रति खुशी समेत ब्यक्त गर्नुभयो । सो अवसरमा शिक्षक अभिभावक संघका उपाध्यक्ष शान्ता कार्की, विद्यालयका उपाध्यक्ष हिमकला अधिकारी, शिक्षक अधिधावक संघका सदस्य थानेश्वर पाण्डे, सावित्रा ज्ञवाली, समाजसेवी बिनोद रायजादा, अभिभावकको तर्फबाट त्रिलाचन गौतम, लेखा समिति सँयोजक माधव प्रसाद पाण्डे, विद्यालयका सदस्य दिलु नेपाली, नेशनल लघुवित्तका भलवारी शाखा प्रमुख रामनरेश शाह लगायतको सहभागिता रहेको थियो ।
बाल क्लवका सचिव अनुराग गौतमको स्वागत तथा शिक्षकद्धय जनक घिमिरे र पुनम पँगेनीको सन्चालन रहेको कार्यक्रममा विद्यार्थीहरुले गीतसँगीत, नृत्य तथा उद्घोषण लगायत विभिन्न विधामा आ आफ्नो कला कौशलता देखाएका थिए ।
तपाईको प्रतिक्रिया