नोबेल इन्भायरोमेन्ट दीक्षान्त समारोह, नतिजा प्रकाशन र पुरस्कार वितरण
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भायरोमेन्ट एकेडेमीमा दीक्षान्त समारोह, नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम एकैदिन सम्पन्न गरेको छ । प्रबन्ध निर्देशक सुन्दर गुरुगँकोे अध्यक्षता रहेको कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष पुर्ण बहादुर गुरुगँले नोबेल इन्भायरोमेन्टको शिक्षण विधि आफैमा उत्कृष्ट र उदाहरणीय रहेको बताउदै विद्यार्थीहरुलाई पठनपाठनका अलावा शैक्षिक गुणस्तरमा समेत उत्तिकै ध्यान दिएर विद्यालयले शैक्षिक क्रियाकलाप जारी राखेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गुरुगँले गुणस्तरीय शिक्षाका लागी विद्यालयले गरेको प्रयास सह्रानिय रहेको बताउनुभयो । सो अवसरमा प्रिन्सिपल खिनु गुरुगँ, ब्यवस्थापन समिति सदस्य सँसार गुरुगँ लगायतले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका विषयमा बोल्दै शिक्षालाई सिप र गुणस्तरसँग जोडन भैरहेका प्रयास र काम कार्वाहीका विषयमा जानकारी गराउनुभएको थियो । विद्यालयका शिक्षक प्रेमा थापाको स्वागत र बिन्ति थापाको सन्चालन रहेको कार्यक्रममा विद्यार्थीहरुले गीतसँगीत र नृत्य मार्फत आ आफ्नो कला कौशल प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया