तिलोत्तमामा अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शुरु
पहिलो दिन २० स्वर्णको छिनोफानो
प्रकाश पाण्डे । बैशाख ५ गते ।
जापान गोजुरियो कराते डो मिसन सङ्घको आयोजनामा एमजीके चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप रुपन्देहीको तिलोत्तमा ९ शँकरपुरस्थित बन्धु होटलमा सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ शङ्करपुरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन २० वटा स्वर्णको छिनोफानो भएको छ । प्रतियोगितामा गल्र्स ब्वाइज तर्फ २०, २५, २९, र ३३ केजीमुनि तौल समूहमा भिडन्त भएको छ । यसैगरि महिला कातातर्फका खेलहरु पनि शुक्रबार नै सम्पन्न भएका छन भने पुरुष कातातर्फ शनिबार खेलहरु खेलाइने छ ।
यसैगरि १४ बर्ष भन्दामुनिका गलर्स ब्वाइजका खेलहरु पनि सम्पन्न भएका छन भने प्रतियोगितामा शनिबार जुनियर र सिनियर तर्फका गल्र्स ब्बाइजका खेलहरु सम्पन्न गरिने छन । यसअघि शुक्रबार प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलकुदको विकास र विस्तारलाई अझै परिस्कृत तथा प्राथमिकताका साथ उठान गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख खाडले खेलप्रति आम नागरिकको चासो दिनानुदिन बढ्दै जानु आफैमा सबल पक्ष भएको बताउनुभएको थियो । उहाँले खेलाडीलाई आर्थिकरूपमा आत्मनिर्भर हुन र युवालाई कुलतबाट जोगाउन खेलकुदको विकास अपरिहार्य रहेकामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै जापान गोजुरियो कराते डो मिसन सघँका सँस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक केवी राना काजीले कराँते खेलको प्रर्वद्धनका लागी सबै पक्षको सहकार्य अनिवार्य हुने बताउनुभयो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा जापान गोजुरियो कराँते डो मिसन सँघका प्रमुख सल्लाहकार भरत बहादुर केसी, सल्लाहकार भरत पोखरेल, तिलोत्तमा नगरपालिकाका खेल सँयोजक लोक पुन, लगायतको सहभागिता रहेको उद्धघाटन सधको सन्चालन स.घका सचिव गिरिप्रसाद पुनले सन्चालन गर्नुभएको थियो । दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी करिब दुई सय ५० सय खेलाडी सहभागीता रहको छ ।
तपाईको प्रतिक्रिया