00:00:00
स्थानिय

प्रथम तिलोत्तमा खृष्टियन कप फुटसल प्रतियोगिता २०८२ सम्पन्न

मंगलबार बैशाख ९, २०८२/ Tuesday 04-22-25

बिन्दु भट्टराई,तिलोत्तमा ८ वैशाख  
तिलोत्तमामा प्रथम तिलोत्तमा खृष्टियन कप फुटसल प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।  तिलोत्तमा जवान सङ्गतिको आयोजना तथा तिलोत्तमा खृष्टियन समाजको संरक्षकत्वमा कफि कम्पनीमा अवस्थित युनिक फुटसलमा सोमबार मैत्रीपुर्ण फुटसल सम्पन्न भएको हो ।

खेल उद्धघाटनका अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले खेलप्रतिको दृष्टि परिवर्तन भएको भन्दै खेललाई स्वास्थ्य , मनोरञ्जन र आर्थिक पाटोसंग जोडिनु राम्रो पक्ष भएको बताउनुभयो । प्रमुख खाडले धर्मिकताले समाजलाई उचाल्ने र अपराध मानसिकताले समाजलाई बिगार्ने भएकोले धर्म जुनसुकै भएपनि मानसिकतालाई बलियो बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

घनसिंघ पुनले एक अर्काबिच भाईचारा बढाउने तथा आत्मियता कायम राख्ने उद्धेश्यले यो फुटसल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । समाजका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा थापाले महिला ४ समुह १२ पुरुष समुह गरी तिलोत्तमाका १६ टिमले सहभागिता जनाएको जानकारी गराउनुभयो । खेल संयोजक प्रदिप नेपालीले संञ्चालन गरेको कार्यक्रममा तिलोत्तमा जवान संगतिका अध्यक्ष सलोमन छ्न्तेलको सहभागिता रहेको थियो ।

प्रतियोगितामा अनन्त जीवन चर्च ४ नंबर महिला समुह प्रथम भएको छ भने पुरुषतर्फ  नवजीवन एजि चर्चका कमल रानाको समुह प्रथम भएको छ ,उसले टफि, प्रमाणपत्र सहित १५ हजार नगद प्राप्त गरेको छ  ।  त्यस्तै पवित्र चर्च कान्छी बजारका निल गुरुङ्घको समुह द्धितीय भएको छ । उसले ट्रफि,प्रमाण सहत १० हजार प्राप्त गरेको गरेको । यसैगरी स्मुर्ना चर्चका दलबहादुर गुरुको समुहले अनुशासन पुरस्कार प्राप्त गरेको  खेल संयोजक  प्रदिप नेपालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया