तिलोत्तमामा बेरोजगारलाई रोजगारी : प्रधानमन्त्री रोजगार कार्यक्रम
रोजगार सेवा केन्द्र मार्फत १८ देखि ५९ बर्षसम्मका नागरिक लाभान्वित
प्रकाश पाण्डे । तिलोत्तमा नगरलाई सफा हराभरा बनाउन र सार्बजनिक जग्गालाई हरित तथा सरसफाई युक्त बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै सहयोग पुगेको रोजगार संयोजक तिलोत्तमाका शंकर पन्थी बताउछन। नेपाल सरकारबाट बेरोजगारहरुका लागि १ सय दिनको रोजगारीका लागि आबेदन खुलेसंगे वडा मार्फत सिफ़ारिस लिएर आएका खाली बसेका दाजु भाई तथा दिदी बहिनीहरुले अहिले सिप र जाँगर प्रयोग गर्दै रोजगार प्राप्त गरेका छन्।
बिहानै उठेर खाना खाएर दिनभर रोजगारीका लागि धाउने ति दाजु भाई तथा दिदी बहिनीहरुले नगरको सरसफाई र हरियाली प्रबर्द्धन कार्यक्रमलाई निकै टेवा दिएको पाइञ्छ। बाताबरण शाखाका अधिकृत गोरखनाथ खनालले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारमा आएकाहरुलाई नगरपालिकाले सक्दो काम दिएर उनीहरुलाई रोजगार र आम्दानि संग जोडेको बताएका छन्। जसले नगरलाई अझ आकर्षक बनाउन र ग्रीन तिलोत्तमा र क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउन ठुलो योगदान पुगेको बताउछन।यसबाट विपन्न परिवार र महिलाहरूलाई घरखर्च चलाउन सहज भएको उनी बताउँछन् । यससँगै विकास निर्माणमा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य पनि यो कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताउँछन् । ‘यस कार्यक्रमबाट विपन्नले काम पाएका छन् । त्यसले उनीहरूलाई घरखर्च चलाउन सहज भएको छ,’ उनी भन्छन् । रोजगारी पनि लक्षित वर्गले नै पाएको उनको भनाइ छ । ‘जसले काम गर्न पाउनुपर्ने हो, उसैले काम गरिरहेको छ,’ उनी भन्छन् ।यससँगै विकास निर्माणमा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ ।
यो कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाएको रोजगार संयोजक शंकर पन्थीले बताउछन। ‘पहिले यहाँका महिला घरको चुल्होचौकामा सीमित थिए । यो कार्यक्रम सञ्चालन भएपछि आयआर्जन गर्न सक्षम भएका छन्,’ उनी भन्छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सिर्जनासँगै विकासमा पनि टेवा पुर्याएको छ । यस कार्यक्रमअन्तर्गत सरसफाई हरियाली प्रबर्द्धन र नगरका सडक सुधारका कार्यक्रम लगायतका पूर्वाधार बनेका छन् । नगरपालिकाका रोजगार संयोजक पन्थी यो कार्यक्रमले विकास निर्माणमा महत्त्वपूर्ण टेवा पुर्याएको दाबी गर्छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार नगरपालिकामा आर्थिक वर्ष ०८१/८२ मा सूचीकृत बेरोजगारको संख्या ५५ जना छ । तीमध्ये ५५ जना नै महिला छन् । यो आर्थिक वर्षमा मात्रै होइन, अघिल्ला आर्थिक वर्षमा पनि सूचीकृत बेरोजगारको तुलनामा रोजगारी पाउनेको संख्या न्यून छ ।आर्थिक वर्ष ०८०/८१ मा ४ सय ३५ जनाले आबेदन दिएकोमा ६३ जना बेरोजगार सूचीकृत भएका थिए भने चालु आर्थिक बर्षमा २ सय ९५ जनाले आबेदन दिएका थिए। यस कार्यक्रमअन्तर्गत कतिपय श्रमिकले ज्याला न्यून भएको गुनासो गरेका छन् ।
जिल्ला दर रेट अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला एकदमै कम छ । यस कार्यक्रमअन्तर्गत दैनिक ६ सय ६८ रुपैयाँ ज्याला दिने गरिएको छ । जिल्ला दर रेट अनुसार दैनिक ज्याला हजार रुपैयाँको हाराहारीमा छ ।‘कामदारहरूले कम्तीमा जिल्ला दर रेट अनुसार ज्याला भइदिए हुन्थ्यो भन्ने गरेका छन्,’ उनले श्रमिकको गुनासो सुनाए । तिलोत्तमामा बेरोजगार आबेदन फारम भरेर सफ्टवयरले गरेको विभिन्न ८ वटा सुचाक्मा परेर छनौटमा परेका बेरोजगारहरुले १ सय दिनको रोजगारी पाएका हुन्। चैत्र ४ गते देखि असार १४ गते भित्र सक्ने गरि १८ देखि ५९ बर्षसम्मका नागरिकले सार्बजनिक बिकास निर्माण सम्बन्धी काम गर्नेछन् ।
नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३३ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरेको छ । ऐनको दफा ८ को उपदफा (१) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान रहेको र उपदफा (३) ले कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था गरेको छ।
r
रोजगारीको हकलाई कार्यान्वयनका अतिरिक्त मुलुकभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउने गरी सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तर्जुमा गरिएको हो । रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धनका विविध पक्षहरूलाई समेत समावेश गरी मन्त्रिपरिषद्ले २०७५ माघ २५ गते प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरेको थियो ।
तपाईको प्रतिक्रिया