जेठ २६ बाट अक्सनमा आधारित प्यारामाउण्ट क्रिकेट लिग २०८२ हुने
तिलोत्तमा । जेठ १२ गते । नेपाल मै पहिलोपटक अक्सनमा आधारित रहेर प्यारामाउण्ट क्रिकेट लिग २०८२ हुने भएको छ । प्यारामाउण्ट क्रिकेट कमिटिको आयोजनामा यही जेठ २६ गतेबाट भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्यारामाउण्ट क्रिकेट लिग २०८२ आयोजन ागर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्यारामाउण्ट क्रिकेट कमिटिका अध्यक्ष तथा ्भाइस प्रिन्सिपल गोपाल ज्ञवालीले युवा विद्यार्थी क्रिकेटर उत्पादन र उनीहरुको प्रतिभा प्रस्फुटनका लागी प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयस्तरमा अक्सन सहितको टि–२० लिग नेपाल मै पहिलो पहिलोपटक आयोजन गर्न लागिएको पनि उनले जनाए ।
सिद्घार्थनगर क्रिकेट रंगशालामा जेठ २६ गतेदेखि २९ गतेसम्म चल्ने प्रतियोगितामा ४ वटा टिम सहभागी हुनेछन । प्रतियोगिता अवधिभर ६ वटा खेल राउण्ड रोबिन लिगको आधारमा तथा एउटा फाईनल गरि ७ खेल गराइनेछ । जसका लागी सोमबार नै प्यारामाउण्ट बोल्ड, प्यारामाउट गोर्खाज, प्यारामाउण्ट किङ्ग र प्यारामाउण्ट रोयल नाम दिएर ४ टोलीको घोषणा समेत गरि सकिएको छ । कार्यक्रममा बोल्दै खेल संयोजक सुरज बश्यालले रुपन्देही, नवलपरासी, कपिलबस्तु र भारतीय विद्यालयबाट समेत गरि खेलाडीहरुलाई अक्सन मार्फत छानिने छ । उनले प्रतियोगितामा सहभागी हुन २ सय फर्म दर्ता भएको बताए । १६ गते साझ खेलाडीहरुको सुचि आउने र १७ गते अक्सन तथा जेठ २० देखि २४ सम्म बन्द प्रशिक्षण राखि जेठ २६ गतेबाट प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
संयोजक बश्यालले प्यारामाउण्टका ६ देखि १२ कक्षाका विद्यार्थीहरुले भाग लिन पाउने बताउदै प्रत्येक टिमले १५ जना खेलाडी किन्न पाउने गरि ब्यवस्था मिलाइएको जनाए । चार टिमका लागी सोमबार नै ४ जना मार्कि खेलाडी समेत तोकिएको छ । प्रतियोगिताको विजेताले नगद रु १५ हजार सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद रु १० हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्लेयर अफ टुर्नामेन्टलाई १५ सय, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई १ हजार तथा प्लेयर अफ म्याचलाई समेत उत्कृष्ट पुरस्कारको ब्यवस्था गरिएको बश्यालले बताए । कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक तथा प्यारामाउण्ट क्रिकेट समितिका मेन्टर बसन्त शाहीले खेल विकास र बिस्तारमा प्रतियोगिता सहयोगि हुने बताए । उनले प्यारामाउण्ट क्रिकेट प्रत्येक बर्ष आयोजना गर्ने गरि ब्यवस्था मिलाइएको बताउदै प्रतियोगिताबाट नयाँ प्रतिभाहरुको जन्म हुने विश्वास पनि ब्यक्त गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद सापकोटाले समयसापेक्ष शिक्षा प्रदान गर्न विद्यालय सफल भएको प्रति गर्व ब्यक्त गर्दै अतिरिक्त क्रियाकलापमा समेत विद्यालय अब्बल रहेको बताए । प्रतियोगिताको स्पोन्सर लुम्बिनी सिटी कलेजका अध्यक्ष गणेश पाठक, फष्ट स्टेप अमित पौडेल, किङ्ग कलेजका विष्णु पौडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य होम प्रसाद सापकोटा, विद्यालयका सँस्थापक प्राचार्य दामोदर भुषालले शुभकामना दिए । प्यारामाउण्ट मावि गतवर्ष ई प्लानेटको आयोजनामा भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेटमा विजेता बनेको थियो ।
तपाईको प्रतिक्रिया