नेकपा एमाले तिलोत्तमा नगर कमिटीद्धारा गणतन्त्र दिवसमा दीप प्रज्वलन
बिन्दु भट्टराई,तिलोत्तमा १६ जेठ ।
नेकपा एमाले तिलोत्तमा नगर कमिटीले १८ औँ गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाएको छ । कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला गिरीले गणतन्त्र ल्याउनका लागि सानो मिहेनत नगरिएको भन्दै अहिलेको उपलब्धिबाट मुलुकलाई सम्वृद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने बताउनुभएको छ । संविधान निर्माणका समयमा कठिन समस्या भोगेर प्राप्त गरेको उपलब्धिमा अस्थिरता मच्चाउने प्रयास भईरहेको र सरकारलाई असफल बनाउने तत्व हाबी भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे,तिलोत्तमा नगर कमिटीका अध्यक्ष मिनप्रसाद पोख्रेल,तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी,अग्रज पत्रकार अर्जुन ज्ञवाली,बुद्धिजिवि बुद्धिसागर भट्टराई लगायतको उपस्थित रहेको दीप प्रज्वलनमा साहित्यकार मुरारी पराजुलीले कविता प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन नगरकमिटी सचिव राधा शाहीले गर्नुभएको हो । यो दीप प्रज्वलन तिलोत्तमाको शंकरनगर चोकमा गरिएको थियो ।
तपाईको प्रतिक्रिया