तिलोत्तमा ५ का किसानलाई अनुदानमा कृषि सामग्री वितरण
५ वटा किसान समुहका कुल ४० जनालाई उपकरणसँगै तालिम प्रदान
तिलोत्तमा । जेठ १९ गते । रुपन्देहीको तिलोत्तमा वडा न ५ मा ६५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर, कृषि र्आंजार, विउ मलखाद वितरण तथा ४ दिने करेसाबारी प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । कृषि उत्पादनमा आधुनिक प्रबिधि अपनाउदै स्थानियलाई उत्पादनसँग उदे्श्यले आर्थिक बर्ष २०८१÷०८२ का लागी विनियोजित ३ लाख रकमबाट ५ वटा किसान समुहका कुल ४० जनालाई उपकरणसँगै तालिम प्रदान गरिएको आयोजक वडास्तरीय कृषि संजाल तिलोत्तमा ५ ले जनाएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवँ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अबको समय भनेको पसिना बगाउने भन्दा पनि प्रविधिलाई अँगाल्दै अघि बढ्ने बेला आएको बताउनुभयो । नगरप्रमुख खाणले तिलोत्तमा नगरपालिकाले आगामी बजेटमा समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखि बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।
वहाँले अनुदानको दायरा बढाउदै आधुनिक प्रविधि, आधुनिक कृषि औजार तथा चक्लाबन्दी लगायतका कार्य मार्फत बढी भन्दा बढी उत्पादन लिने गरि अगाडी बढने बेला आएको बताउनुभयो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा न ५ का अध्यक्ष रमेश डुम्रेले विषदीरहित र आर्गनिक उत्पादनलाई बडावा दिन यस्ता तालिम फलदायी हुने बताउनुभयो ।
वहाँले तग बर्ष पनि यस्ता कार्यक्रम आयोजना गरिएको बताउदै तालिमबाट सिकेका कुरा ब्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । संजालका डिल्लीराज पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न ५ का जनप्रतिनिधीहरु विभिन्न टोलविकाश समितिका अध्यक्ष तथा प्रतिनिधि, वडा न ५ का सचिव हरि खतिवडा, प्रशिक्षक तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुषाल एवँ आम कृषक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया