00:00:00
स्थानिय

१२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सकियो न्यौपाने बंश समाज रुपन्देहीको ७ औँ अधिवेशन

अध्यक्षमा टंकप्रसाद न्यौपाने
शनिबार असार ७, २०८२/ Saturday 06-21-25

बिन्दु भट्टराई,तिलोत्तमा ७ असार ।
न्यौपाने बंश समाज नेपाल रुपन्देही ,जिल्ला कार्यसमितिको १८ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच समाजको कुल मन्दिर भवन नयाँमिलमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै ७ औँ अधिवेशन सम्पन्न भएको हो । पुर्व अध्यक्ष केशवराज न्यौपाने संयोजक, निर्वाचन कार्यक्रम संचालक वेदप्रसाद न्यौपाने र गीतादेवी न्यौपाने गरी रहेको ३ सदस्यीय निर्वाचन मण्डलद्धारा टंकप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

जसमा बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने,उपाध्यक्षमा कमला न्यौपाने,सचिवमा विश्वबन्धु न्यौपाने,सहसचिवमा कमला न्यौपाने,कोषाध्यक्षमा गिरीराज न्यौपाने,सदस्यहरुमा एकादेव न्यौपाने,मित्रलाल न्यौपाने,ओम प्रकाश न्यौपाने,रामप्रसाद न्यौपाने,भगवती न्यौपाने चयन हुनुभएको छ । निर्वाचन कार्यक्रमको सहजीकरण सदस्य वेदप्रसाद न्यौपानेले गर्नुभएको थियो ।


यसअघि कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि पुर्व सांसद तथा न्यौपाने बंश समाजका केन्द्रिय सल्लाहकार डा. कृष्ण प्रसाद न्यौपानेले छरिएर रहेका भाईलाई एकिकृत गर्न समाजले खेलेको भुमिकाको प्रशंसा  गर्नुभएको छ । डा. न्यौपानेले विस्तारै पछिल्लो पुस्तामा आफ्नोपन हराउँदै गएको अवस्थामा यस्ता समाजलाई सकृयताका साथ चलाउन सके सन्तानमा अपनत्व जागृत गर्न सकिनेमा जोड दिनुभयो ।

त्यस्तै विशिष्ट अतिथि केन्द्रिय अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले देशभरका न्यौपाने बन्धुलाई एक ठाउँमा ल्याउने उद्धेश्यले सानो समुहबाट सुरु गरेको समाज देशव्यापी भएको देख्दा खुसी लागेको बताउनुभयो ।

संस्थाका अध्यक्ष जगनाथ न्यौपानेको अध्यक्षतामा भएकोे कार्यक्रममा अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा संस्थापक अध्यक्ष खगुपति न्यौपाने तथा पुर्व अध्यक्ष केशबराज न्यौपानेले समाजलाई जोगाईराख्न असल नेतृत्व आवश्यक हुने हुँदा नयाँ नेतृत्वप्रति ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा मित्रलाल न्यौपाने,गितादेवी न्यौपाने,मेघराज न्यौपाने,योग गुरु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । समाजका उपाध्यक्ष हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव यज्ञप्रसाद न्यौपानेले गर्नुभएको हो । 

 

 

तपाईको प्रतिक्रिया