00:00:00
स्वास्थ्य

तिलोत्तमामा दीर्घजीवन जीवनकला प्रशिक्षण कार्यक्रम

शनिबार असार ७, २०८२/ Saturday 06-21-25

प्रकाश पाण्डे । असार ७ गते । तिलोत्तमामा १ दिने दीर्घजीवन जीवनकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार विश्व योग दिवसको अवसर पारि तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभभगीहरुलाई सांसारिक भागदौड, प्रतिष्पर्धा र तनाव छाडेर शान्त, संयम र आनन्दित जीवनयापन गर्ने विधि, विधान र शक्तिका विषयमा प्रशिक्षण दिइएको थियो ।

तिलोत्तमा ९ स्थित होटल मदानीमा आयोजित कार्यक्रममा जीवन विज्ञान प्रशिक्षणका तर्फबाट प्रशिक्षकहरु शिला थापा र उमा ढकालले जीवनलाई भौतिक र आध्यात्मिक दुवै स्तरमा सन्तुलित बनाएर कसरी लैजाने लगायतका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

तिलोत्तमा नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरुको सभागिता रहेको उद्धघाटन सत्रको अध्यक्षता तिलोत्तमा नगरपालिका सामाजिक विकाश समिति संयोजक रवि सेन्चुरीले गर्नुभएको थियो ।

तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत रामप्रसाद ढकालको सन्चालन तथा स्वास्थ्य अधिकृत लक्ष्मी घिमिरे आचार्यले स्वागत गर्नुएको उद्धघाटन सत्रमा बोल्ने वक्ताहरुले योगका विभिन्न विषयमा मन्तब्य दिनुभएको थियो ।

यसैगरि समापनका अवसरमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल लगायतले १ दिने दीर्घजीवन जीवनकला प्रशिक्षण र योगका विषयमा आ आफ्नो विचार ब्यक्त गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया