00:00:00
स्थानिय

पशुपति कलेजले पायो पिउने पानी ,कलेज परिवारमा छायो खुसी

सोमबार असार १६, २०८२/ Monday 06-30-25


बिन्दु भट्टराई, तिलोत्तमा १६ असार ।
लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजमा पिउने पानी जडानभएको छ । कलेजका दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् ।  पिउने पानीको जडानपछी पशुपति कलेज परिवार निकै खुसि भएको छ । 

सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालद्धारा उक्त पानीको उद्धघाटन गरिएको हो । नगरलाई शैक्षिक हबका रुपमा बिकास गर्ने तिलोत्तमा नगरपालिकाको परिकल्पनाले बिस्तारै रुप लिन थालेको अर्यालको दावी छ । तिलोत्तमा नगरपालिकाले आवश्यकताका आधारमा लगानी बढाएको अर्यालले बताउनुहुन्छ । शिक्षालाई नगदेवालीका रुपमा नलिन समेत अर्यालको सुझाव छ । “भर्खरै रोपेर भर्खरै फलको आश गर्नुहुदैन प्रतिक्षा गर्न सक्नुपर्छ अलिक समयपछि आमुल परिवर्तन महशुस गर्न सकिन्छ अर्याल भन्नुहुन्छ । ” 

तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले दैनिक ४ सय देखि ५ सय सम्म मानिसले पानी पिउन पाउनुलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । उहाँले मानवियताको शहरका रुपमा विकास गर्ने परिकल्पनालाई साकार पार्न शिक्षामा आमूल परिवर्तन जरुरी रहेको भन्दै बौद्दिकताले समाजको नेतृत्व गर्ने बेला आएकोमा जोड दिनुहुन्छ । उहाँलाई आफुले अध्ययन गरेको बिधालयमा भएको उल्लेख्य सुधारले सन्तुष्टि मिलेको छ ।

खिमाकान्त चापागाँईले सहजीकरण गनुभएको कार्यक्रममा अभिभावक,विभिन्न शैक्षिक व्यक्तित्व,पत्रकार लगायत उपस्थित  थिए ।  कार्यक्रममा कलेजका प्रमुख जीतबहादुर राष्कोटीले कलेजका अप्ठ्यारा चुनौतीहरु सुनाउँदै शुद्ध पानी सम्म पिउन नपाएको कलेज परिवारलाई महशुस गरेर सेवा दिएको भन्दै नगरपालिकालाई धन्यवाद दिनुहुन्छ । 
कार्यक्रममा गतिशील शिक्षा नीति, जिम्मेवार समुदाय र जनताप्रति उत्तरदायी राजनीतिक नेतृत्वको विकास गर्नुपर्ने मुख्य चुनौती हो तर कतिपय क्षेत्रमा भइहेको अनुत्पादक खर्चमा कटौती गरी विद्यालय शिक्षामा लगानी बढाउन सके शिक्षामा खोजिएको आमुल परिवर्तनले बाटो पाउनेछ । 

  
 

तपाईको प्रतिक्रिया