00:00:00
शिक्षा

उत्कृष्ट नतिजा ल्याएको खुसीयालीमा लिटिल प्याराडाइजमा अविरजात्रा सहित र्याली

मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25

तिलोत्तमा । असार १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको खुशियालीमा तिलोत्तमा ७ भलवारीस्थित लिटिल प्याराडाइज स्कुलले सोमबार खुशीयाली साटासाट गर्दै अविरजात्रा गरेको छ ।

लिटिल प्याराडाइजबाट (एसईई) परिक्षामा सहभागी भएका कुल ३७ जना परिक्षार्थी मध्ये १ जनाले ४ जिपिए सहित १० जनाले ए प्लस र वाँकी विद्यार्थीले उत्कृष्ट अंकसहित एसइई पास गरेको खुशीयालीमा विद्यालयले सोमबार अबिरजात्रा सहित ¥याली निकालेको हो ।

विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले ग्रामिण क्षेत्रमा रहेर पनि आफुलाई अब्बल सावित गर्न सफल भएको खुशीयालीमा बधाईसँगै शुभकामना साटासाट गर्ने उद्धेश्यले तिलोत्तमा नगरपालिका भरि ¥याली निकालिएको जानकारी दिनुभयो ।

विद्यालयका अध्यक्ष जीतु बौडेलले पञ्चे बाजा सहित आयोजना गरिएको ¥यालीमा विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीहरुसँगै स्थानीयको समेत बाक्लो उपस्थिति रहेको बताउनुभयो ।

बधाई कार्यक्रममा बोल्दै ४ जीपिए ल्याउन सफल विद्यार्थी आयुषा थापाले शिक्षक, अभिभावकसँगै सिँगो विद्यालय परिवारको हौसला कै कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रतिकिैया दिनुभयो ।

यसपटकको एसईई परिक्षामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यालयहरु लिटिल प्याराडाइजसँगै ४ वटा मात्रै रहेको शिक्षा विकाश तथा समन्वय इकाइ रुपन्देहीले जनाएको छ ।  

तपाईको प्रतिक्रिया