स्थानिय
रुपन्देही क्षेत्र न ३ को उपनिर्वाचनमा घण्टीबाट एम डि न्यौपानेको नाम चर्चामा
बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
तिलोत्तमा । असार १८ गते । एमाले सचिव छविलाल विश्वकर्मा र समाजवादि पार्टिका महासचिव घनश्याम भुषालविरुद्ध चुनाव लडेर चर्चामा आएका एम डि न्यौपानेको नाम फेरि चर्चामा छ । रुपन्देही क्षेत्र नं. ३ बाट कार्तिकमा हुने उपनिर्वाचनमा एम डि न्यौपानेले घण्टीबाट चुनाव लड्ने संकेत दिएका छन् ।
केहीदिन अघि रुपन्देही आई बिभिन्न क्षेत्रका विज्ञ, ब्यक्ति विशेष तथा राजनैतिक दलका नेता कार्यकर्तासँग भेटघाट तथा छलफल तीब्र बनाएका उनले अन्य दलको समेत सर्मथनमा रास्वपावाट चुनाव लड्ने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ । अहिलेसम्म सिधै उम्मेदवारी घोषणा नगरे पनि भित्रि तयारी भने ब्यापक गरिरहेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया