00:00:00
स्थानिय

जेसिआई तिलोत्तमाद्धारा शैक्षिक सामाग्री वितरण

बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25

तिलोत्तमा । साउन २८ गते । जेसिआई तिलोत्तमाले जेसिज सप्ताहको चौथो दिन तिलोत्तमा १३ मा रहेको भुपु सैनिक आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बुधबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत करिव ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला, कापी तथा पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेले जानकारी दिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका पुर्व अध्यक्ष तथा समाजसेवी रामचन्द्र ढकालले समाजसेवामा जेसिआई तिलोत्तमाले देखाएको अग्रसरता सबैका लागी उदाहरणीय रहेको बताए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकाल, अतिथिहरु रतन भण्डारी, विद्यालयका सहप्रअ राधा ज्ञवाली, जेसिजका पुर्व अध्यक्षहरु लोक प्रसाद भण्डारी, प्रकाश गौतम, महेश शर्मा, मुख्य संयोजक दीपक घिमिरे लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक जेसि प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रमको सन्चालन जेसिआई तिलोत्तमाका महासचिव रामु रोकाले गरेका थिए । 

तपाईको प्रतिक्रिया