तिलोत्तमा क्रिकेट लिगमा नेपथ्य इगल्स र द रामापुर रिभाइभलियन्स विजयी
लिगमा शुक्रबार पनि २ खेल हुने
तिलोत्तमा । असोज २३ गते । तिलोत्तमा क्रिकेट लिगको दोस्रो दिनको खेलमा नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी भएका छन । तिलोत्तमा १७ स्थित एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर ब्याटिँगको निम्तो पाएको नेपथ्य इगल्सले पी टु के डी स्क्वाडलाई ८० रनको फराकिलो अनतरले हराउदै पहिलो जीत हासिल गर्यो । निर्धारित २० ओवरको खेलमा ८ विकेट गुमाएर १२९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको नेपथ्यको जितमा सन्दीप बाँनियाले २५, कामरान अहमदले १६ तथा अब्दुल साउद खानले १५ रन बनाए । बलिँग तर्फ पी टु के डी स्क्वाडका समीर यादवले ३,, शशिधर टण्डन र सागर भण्डारीले क्रमश २ / २ विकेट लिए । १२९ रनको विशाल लक्ष्य पछ्याएको पी टु के डी स्क्वाडको शुरुवात भने साचेजस्तो हुन सकेन ।
लगातार विकेट गुमाएर दवावमा परेको पी टु के डीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन भने पुरै टिम ४८ रन बनाउदा अलआउट हुन पुग्यो । पी टु के डी लाई सस्तैमा समेट्ने क्रममा प्रेमसागर यादव, कामरान अहमद तथा लक्ष्मण कुमालले क्रमश २ / २ विकेट लिए । नेपथ्य इगल्सका प्रेमसागर यादवले गेम चेन्जरको उपाधी प्राप्त गर्दा कामरान अहमद म्यान अफ दी म्याच घोषित भए । यसैगरि बिहिबार नै भएको दोस्रो खेलमा खेलासिकी ओर्कासलाई ५ विकेटले हराउदै रामापुर रिभाइभलियन्स विजयी भयो । टस जितेर ब्याटिँग गर्ने निर्णय गरेको खेलासिकीले निर्धारित २० ओवरको खेलमा ६ विकेटको क्षतिमा ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । खेलासिकीका लागी जावेद खानले १५ तथा कृष्ण विक र सुशान्त सुवेदीले १० / १० रन जोडे ।
बलिगँतर्फ द रिभाइभलियन्सका आयन खान र फैजान खानले २÷२ विकेट लिए । ५४ रनको लक्ष्य पछ्याएको रामापुर रिभाइभलियन्सले ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । द रिभाइभलियन्सलाई जिताउन सुसान्त थापाले महत्वपुर्ण १८ रन जोडे भने आयन खानले नटआउट ७ रन जोडे । खेलासिकीका लागी शोयब हसनले ४ तथा दिवस अर्यालले १ विकेट लिए पनि त्यो जीतका पर्याप्त हुन सकेन । खेलमा फैजान खानले गेम चेन्जरको उपाधी प्राप्त गर्दा आयन खान म्यान अफ दी म्याच भए । लिगमा शुक्रबार पनि २ खेल हुनेछ । पहिलो खेल बुटवल डायनामाइट्स तथा पी टु के डी स्क्वाड र दोस्रो खेलमा द रामापुर रिभाइभलियन्स र नेपथ्य इगल्स भिड्नेछन । हरेक खेलहरु नेपथ्य कलेजको प्राविधिक सहयोगमा तिलोत्तमा क्रिकेट कमिटीको पेजबाट प्रतक्ष्य हेर्ने ब्यवस्था समेृत गरिएको छ ।
तपाईको प्रतिक्रिया