तिलोत्तमा । कार्तिक २ गते । तिलोत्तमा ८ दीपनगरमा रहेको दीपज्योति टोल विकाश संस्थाको तेस्रो साधारण सभा तथा अधिवेशनले ओमप्रकाश खनाल अध्यक्ष रहनुभएको ९ सदस्सिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बालकृष्ण पाण्डे चयन हुनुभएको छ भने सचिवमा खिमानन्द न्यौपाने तथा कोषाध्यक्षमा बालिका घिमिरे चयन हुनुभएको छ । यसैगरि समितिका सदस्यहरुमा हनुमान कोहार, मोहनलाल घिमिरे, दिनेश गौतम, दिपा आचार्य तथा पुरन कार्की निर्वाचित हुनुभएको छ ।
साधारण सभा तथा अधिवेशनका अवसरमा अध्यक्ष, कोषाध्यक्ष तथा लेखा समिति प्रतिवेदन समेत सर्वसम्मत पारित गरिएको थियो । जनभावनाचोकस्थित दीप आमा समुहको भवनमा आयोजित कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष सागर न्यौपानेले आफ्नो कार्यकालमा टोलबासी बीच एकता, सौहद्रता, प्रेम, सद्भाव एवं विकाश निर्माणका लागी सदा सर्वदा लागी परेको स्मरण गर्दै अहिलेको नयाँ समितिलाई पनि जुझारु भई काम गर्न आग्रह गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया