00:00:00
अन्तराष्ट्रिय

केन्यामा राष्ट्रिय निकुञ्ज नजिक विमान दुर्घटना १२ जनाको मृत्यु 

बुधबार कार्तिक १३, २०८२/ Wednesday 10-29-25
तस्विर ः एजेन्सी


 कात्तिक १२, 
केन्यामा राष्ट्रिय निकुञ्ज नजिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सानो यात्रुवाहक विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक निजी हवाई पट्टी किचवा टेम्बोतर्फ उडेका बेला दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 केन्या सिभिल एभिएसन अथोरिटीका अनुसार विमानमा १२ जना व्यक्ति रहेको र ती सबै जनाको ज्यान गएको हो । नैरोबी राष्ट्रिय निकुञ्जमा आकाशमा ठोक्किने घटना पछिल्लो १८ महिनामा सामान्य जस्तै भएका द गार्जियनले जनाएको छ ।

यसअघि पनि सन् २०२४ मा नैरोबी राष्ट्रिय निकुञ्जमा सफारीलिंक एभिएसनको व्यावसायिक उडान र एक ९९ फ्लाइङ स्कुलको तालिम विमानबीच आकाशमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा दुई जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया