लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बो स्कूलमा साताब्यापी खेलकुद
प्रकाश पाण्डे । कार्तिक १६ गते । रुपन्देहीको तिलोत्तमा १४ टिकुलिगढमा अवस्थित लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बोर्डिङ्ग स्कूलको साताब्यापी खेलकुद कार्यक्रम शुरु भएको छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्य सहित आयोजित सप्ताहब्यापी खेलकुद कार्यक्रममा अन्तर सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि खेल खेलाइने कार्यक्रम संयोजक रोशन शर्माले जानकारी दिनुभयो ।
खेल सप्ताहमा कुल ७५० विद्यार्थीले ६० वटा तहगत विधामा प्रतिस्प्रर्धा गर्दैछन । कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा कराँते, भलिबल, फुटवल, क्रिकेट, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत विभिन्न विधाहरूमा प्रतियोगीहरुले प्रतिस्प्रर्धा गर्ने छन । खेल सप्ताह अन्र्तगत आइतबार कराँते विधाका खेलहरु सम्पन्न भए ।
यसअघि उद्घाटन सत्रमा बोल्दै स्कूल सञ्चालक समितिका अध्यक्ष प्रमोद यादवले विद्यालयले खेलकुद लगायत अतिरिक्त क्रियाकलापलाई समेत उत्तिकै महत्व दिएको बताउनुभयो । विद्यालयका प्रध्यानाध्यापक तुलबहादुर सराँगकोटीले खेलकुदका माध्यामले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुनुका साथै मानसिक रुपमा पनि बलियो बनाउने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवँ तिलोत्तमा वडा न १४ का अध्यक्ष आश्विन पौडेलले मानसिक, शारिरीक तथा सामाजिक क्षेत्रमा समेत बलियो र दरिलो बनाउन खेलकुदको भुमिका महत्वपुर्ण रहने बताउनुभयो ।
लर्ड बुद्ध तिलोत्तमा १४ को मात्र नभई राष्ट्र कै गहनाका रुपमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाल कराँते महासँघ लुम्बिनी प्रदेश सँरक्षक तथा जापान गोजुरियो डो मिसन सँघ नेपालका प्रमुख सल्लाहकार भरत केसी, जापान गोजुरियो डो मिसन सँघ नेपालका सँस्थापक अध्यक्ष तथा प्रशिक्षक केबी राना, अतिथिहरु तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, विद्यालयका प्रवन्ध निर्देशक नारायण भण्डारी, विद्यालयका सहप्राचार्य अनिल श्रीस मगर, विद्यालयका लेखा प्रमुख नन्दा कुमारी गुरुगँ, विद्यालयका काअर्डिनेटरहरु, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
उद्घघाटन सत्रमा विद्यार्थीहरुले मार्च पास तथा परेड समेत गरेको कार्यक्रममा विद्यालयका खेलकुद सँयोजक रोशन शर्माले साताभरि आयोजना गरिने खेल कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो भने सहप्राचार्य काशीाराम ढकालले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया