00:00:00
खेलकुद

लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बो स्कूलको साताब्यापी खेलकुद जारी

सोमबार कार्तिक १८, २०८२/ Monday 11-03-25

प्रकाश पाण्डे । कार्तिक १७ गते ।  लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बोर्डिङ्ग स्कूल तिलोत्तमा १४ टिकुलिगढको साताब्यापी खेल सप्ताहको दोस्रो दिन पनि विभिन्न खेलहरु सम्पन्न भएृका छन । सोमबार खेल सप्ताहकोे दोस्रो दिन स्लो साइकल रेस, मार्वल रेस, म्युजिकल चेयर, क्वाइन पिकिँग, म्याथम्याटिकल रेस लगायतका विभिन्न खेलहरुमा विद्धार्थीहरुले उत्साहजनक सहभागिता जनाएको खेल सँयोजक रोशन शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीहरुहरुमा अन्तरनिहित अतिरिक्त क्रियाकलापको मापन गर्नुका साथै क्षमता वृद्धि तथा प्रतिभा प्रस्फुटनका लागी खेल सप्ताह प्रभावकारी हुने अपेक्षा विद्यालयले लिएको प्रध्यानाध्यापक तुल बहादुर सरागँकोटी पवनले जानकारी दिनुभयो । वहाँले खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यसहित लर्ड बुद्ध ज्ञानज्योतिले अन्तर सदनात्मक तथा कक्षागत रूपमा सप्ताहब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।

हप्ता दिनसम्म चल्ने प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले खेल सप्ताहमा कुल ७५० विद्यार्थीले ६० वटा तहगत विधामा प्रतिस्प्रर्धा गर्दैछन । विद्यालयको आफ्नै हाताभित्र आयोजित खेल सप्ताहमा विद्यार्थीहरुले कराँते, भलिबल, फुटवल, क्रिकेट, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत विभिन्न विधाहरूमा प्रतियोगीहरुले प्रतिस्प्रर्धा गरिरहेको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया