00:00:00
खेलकुद

लर्ड बुद्ध ज्ञानज्योतिको खेल सप्ताह

बुधबार कार्तिक २०, २०८२/ Wednesday 11-05-25


प्रकाश पाण्डे । कार्तिक १९ गते । लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँ स्कुल तिनपा १४ टिकुलिगढले आयोजना गरेको सप्ताहब्यापी खेल कार्यक्रम बुधबार पनि जारी रह्यो । बिहिबार विद्यालय परिसरमा कक्षा नर्सरीदेखि ३ सम्मका विद्यँर्थीहरुका लागी विभिन्न रोमान्चक, ज्ञानबद्र्धक तथा बौद्धिक खेलहरु आया्ेजना गरियो भने करौजियाँस्थित न्यु सृजना युवा क्ल्वको खेल मैदानमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुले १००, २००, ४०० र ८०० मिटर दौड, रिले दौड, ज्यावलिङ थ्रो, सटपुट, लगायतका प्रतियोगिताहरुमा आफनो प्रतिभा प्रद्र्धशन खेल सँयोजक रोशन शर्माले जानकारी दिनुभयो ।

खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यसहित लर्ड बुद्ध ज्ञानज्योतिले अन्तर सदनात्मक तथा कक्षागत रूपमा गत आइतबारदेखि सप्ताहब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । प्रध्यानाध्यापक तुल बहादुर सरागँकोटी पवनले एक हप्तासम्म आयोजना गरिएको प्रतियोगिता विद्यँर्थीहरको प्रतिभा पहिचान गर्ने उत्कृष्ट माध्यम भएको बताउनुभयो । वहाँले विद्यँलयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागी खेलकुद लगायतका विभिन्न विधालाई प्राथमिकतामा राखेको बताउनुभयो । विद्यार्थीहरुले बिहिबार भलिबल, फुटवल, क्रिकेट लगायतका विभिन्न महत्वपुर्ण प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो । 
 

तपाईको प्रतिक्रिया