00:00:00
खेलकुद

समपूर्ण कपमा बिहिबार आयोजक समपुर्ण र NYUC पाल्पा भिड्ने

बिहीबार कार्तिक २८, २०८२/ Thursday 11-13-25

प्रकाश पाण्डे । कार्तिक २७ गते । चौथो समपूर्ण कप फुटवल प्रतियोगितामा बिहिबार आयोजक समपुर्ण युवा क्लब र न्यु युथ युनियन क्लव पाल्पा भिड्दैछन । खेल दिउँसो ३ बजेबाट तिलोत्तमा १४ मा रहेको क्लवको आफ्नै खेल मैदान सुपौलीमा हुने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले बताए । यसअघि प्रतियोगिताकोे दोस्रो दिन बुधबार सुनवल एफसी विजयी भयो । फर्साटिकर एफसीलाई ० का विरुद्ध २ गोलले हराउदै सुनवल एफसी दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजना रहेको जारी प्रतियोगितामा सुनवल एफसीलाई जिताउन पहिलो हाफको २७ औँ मिनेटमा तनिस गुरुगँले पहिलो गोल गरे । डि एरिया बाहिरबाट उनले हानेको लामो प्रहारले सिधै जाली चुमेको थियो । खेल अवधीभर दुवै टिमबाट एक पछि अर्को काउण्टर एट्याक भएका थिए । पहिलो हाफमा एक शुन्य गोल अन्तरले पछि परेको फर्साटिकर एफसी दोस्रो हाफमा भने शुरुवातबाटै लयमा देखिदै एक पछि अर्को काउण्टर ए्ट्याकमा उत्रिएको थियो ।

तर पनि गाल भने फर्काउन सकेन । अतिरिक्त समय अन्र्तगत खेलको अन्तिम ३ मिनेट बाँकी छदा डिबक्स बाहिर पाएको बललाई सुनवल एफसीका खेलाडी निराजन खत्रीले गोलमा परिणत गरेपछि खेल सुनवल एफसीको पोल्टामा परेको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले जानकारी दिए । बुधबारको खेलमा उत्कृष्ट खेल प्रद्र्धशन गरेका सुनवल एफसीका बिज्ञान गुरुगँ म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत भए ।

उनलाई चिल्हिया प्रहरी चौकीका प्रमुख पृथ्वीनारायण काफ्लेले नगद रु ३ हजार सहित ट्रफी प्रदान गरे । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा मंगलबारबाट शुरु भएको चौथो समपुर्ण कप खुला फुटबल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्नेछ । सुपौली स्थित समपुर्ण क्लवको आफनै खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १२ टोली आमनेसामने हुदैछन । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जनाए ।

त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सय का दरले पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगद रु ३ हजार सहित ट्रफी पाउने क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । खेल हेर्नका लागि यसपटक पहिलो चरणका लागी रु ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने दोस्रो चरण, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको तथा  जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया