00:00:00
खेलकुद

समपूर्ण कपमा आयोजकलाई स्तब्ध पार्दै NYUC पाल्पा क्वाटरफाइनलमा

शुक्रबार लिस्नु युवा क्लव कोटिहवा र देवदह ब्वाइज भिड्ने
बिहीबार कार्तिक २८, २०८२/ Thursday 11-13-25

प्रकाश पाण्डे । कार्तिक २७ गते । चौथो समपूर्ण कप नकआउट फुटवलमा बिहिबार आयोजक समपुर्णलाई ट्राइवेकरमा हराउदै न्यु युथ युनियन क्लव पाल्पा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । ट्राइवेकरमा आयोजक समपुर्णलाई २ का विरुद्ध ४ गोलले स्तब्ध पार्दै पाल्पाको न्यु युथ युनियनले दोस्रो चरणको यात्रा तय गरेको प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिनुभयो ।

बिहिबारको खेलमा उत्कृष्ट खेल प्रद्र्धशन गरेका न्यु युथ युनियन क्लव पाल्पाका गोलकिपर गोविन आले म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत हुनुभयो । उहाँले नगद रु ३ हजारसहित  ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगितामा शुक्रबार लिस्नु युवा क्लव कोटिहवा र देवदह ब्वाइज देवदह भिड्ने अर्यालले बताउनुभयो । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्नेछ ।

सुपौली स्थित समपुर्ण क्लवको आफ्नै खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १२ टोली आमनेसामने छन । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिनुभयो । त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सय का दरले पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगद रु ३ हजार सहित ट्रफी पाउने क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो ।

खेल हेर्नका लागि यसपटक पहिलो चरणका लागी रु ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने दोस्रो चरण, सेमीफाइनल र फाइनलका लागी रु १०० टिकट तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताउनुभयो । यसैगरि जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया