00:00:00
शिक्षा

प्याब्सन रुपन्देहीद्धारा जिल्लाका १५० बढी शिक्षकलाई प्रशिक्षण

मावि तहका गणित र सामाजिक विषयका शिक्षक सहभागी 
आइतबार मङ्सिर १५, २०८२/ Sunday 11-30-25

प्रकाश पाण्डे । मंसीर १४ गते । निजि तथा आवसिय विद्यालय अर्गनाइजेशन प्याब्सन रुपन्देहीले शनिबार १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत विद्यालयको मावि तहमा अध्यापनरत गणित र सामाजिक विषयका शिक्षकहरुलाई सहभागी गराई तालिम आयोजना गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । वहाले १ दिने प्रशिक्षण कार्यक्रमबाट शिक्षकहरुको सिकाई कलामा बृद्धि हुने भन्दै परिमार्जित शिक्षणका लागी तालिम अपरिहार्य रहेको बताउनुभयो । 

तालिम उदघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं शिक्षा विकाश समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थिले सिकाई अभ्यास अन्र्तगत आयोजित प्रशिक्षण कार्यक्रमले शिक्षण पद्धतिलाई सुधार्ने बताउनुभयो । वहाँले लिडरसीपको विकाश गर्न पनि यसखाले कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।  सो अवसरमा प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपानेले पढाउने कलाको विकाशसँगै प्रस्तुति, ब्यवस्थापन र शिक्षकमा भएगरेका कमजोरी हटाउन पनि यसखाले कार्यक्रम फलदायी हुने अपेक्षा ब्यक्त गर्नुभयो । 

प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षता रहेको उद्घाटन सत्रमा विशिष्ट अतिथिहरु प्रदेश अध्यक्ष लालहरि पाण्डे, केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, प्रमुख सल्लाहकार अनन्तराम शर्मा, शारदा ज्ञवाली, लगायतको सहभागिता रहेको थियो । रुपन्देही जिल्लाभित्रका प्याब्सनमा आबद्ध करीब १५० निजि विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको तालिमको सन्चालन सचिव बोधराज गौडेलले गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया