राष्ट्रिय
एमाले महाधिवेशनः रुपन्देही–२ बाट छानिए १० जना प्रतिनिधि
आइतबार मङ्सिर १५, २०८२/ Sunday 11-30-25
बुटवल । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रुपन्देही क्षेत्र नं २ मा निर्वाचन सम्पन्न भएको छ। रूपन्देही क्षेत्र नं २ का ६०५१ संगठित सदस्यबीच सम्पन्न मतदानबाट ३ क्लस्टर (खुला, महिला र युवा) मा विभाजन गरी कुल १० जना प्रतिनिधि विजयी भएका छन्।
खुला तर्फबाट बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई र कुमार थापा विजयी भएका छन्। महिला तर्फ ज्ञानु केसी, कल्पना थापा र बिमला श्रेष्ठ चयन भएका छन् भने युवा क्लस्टरबाट बालकृष्ण पाण्डे विजयी बनेका छन्।
तपाईको प्रतिक्रिया