00:00:00
अर्थ/वाणिज्य

टाकुरा बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः राजेन्द्र कुँवर 

शनिबार मङ्सिर २१, २०८२/ Saturday 12-06-25

तिलोत्तमा । मंसीर २० गते । तिलोत्तमाको टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः  राजेन्द्र कुँवर चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले कुँबर को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  सहकारीको उपाध्यक्षमा खेमराज खनाल, सचिवमा पशुपति चौधरी, कोषाध्यक्षमा वीरेन्द्र राना, तथा सदस्यहरुमा जानुका न्यौपाने, सृजना पन्थी ज्ञावली, घनश्याम न्यौपाने  र पुजन भण्डारी चयन भएका छन् ।

 यस्तै लेखा समिति संयोजकमा कृष्णबहादुर कार्की तथा सदस्यमा शंकर गौतम र कृष्ण भण्डारी चयन भएका छन् । साथै शिक्षा उपसमितिको संयोजकमा डोलराज बेल्वासे, सदस्यमा दिपक भट्टराई र मिनप्रसाद भण्डारी चयन भएको निर्वाचन समितिले जनाएको छ । सहकारीको शेयर विस्तार उपसमितिको संयोजकमा गोमा बन्जाडे र प्रमुख सल्लाहकारमा रमेश ज्ञावली चयन भएका छन् ।  शनिवार तिलोत्तमा सम्पन्न सहकारीको साधारणसभा तथा अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष गिरिराज बन्जाडेले केही आयातित सहकारीका कारण नागरिकमा सहकारीप्रति नकारात्मक धारण सृजना भएको बताए ।

साथै उनले टाकुरा सहकारीमा बचतकर्ताको रकम सुरक्षित रहेको बताउँदै ढुक्क भएर बचत गर्न आग्रह गरे । यस्तै गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले पनि सबै सहरकारीलाई एउटै रुपमा हेर्न नहुने बताए ।  निवर्तमान अध्यक्ष रमेश ज्ञावलीले सहकारी जुन उद्धेश्य अनुसार खोलिएको हो सोही अनुसार संचालन भएमा समस्या नहुने बताए । टाकुरा बचत सहकारीले बचतकर्ताको रकम सहि रुपमा प्रयोग गर्ने गरेकाले समस्या नरहेको बताए । नवनिर्वाचित अध्यक्ष राजेन्द्र कुँबरले आफुले पहिलो कार्यकालमा गरेको राम्रो कामले गर्दा नै शेयर सदस्यहरुले फेरि जिम्मेवारी दिएको बताए ।

शेयर सदस्यहरुले दिएको जिम्मेवारीलाई आफुले कुशलतापूर्वक पुरा गर्ने बताए । अध्यक्ष कुँबरले नमुना सहकारी बनाउने गरी काम गर्ने प्रतिबद्धता गर्दै बचतकर्ताको एक रुपियाँ पनि दुरुप्रयोग नहुने बताए । सहकारीको हाल ४ करोड ७४ लाख ८८ हजार ६५१ रुपियाँ कुल बचत, ५२ लाख ६० हजार कुल शेयर रकम, ४ करोड २ लाख २४ हजार ४९५ रुपियाँ कुल लगानी र १ करोड ४६ लाख २५ हजार २६ रुपियाँ बैकमा मौज्दात रहेको छ । सहकारीमा २३२ जना महिला, २७१ जना पुरुष सदस्य र संस्थागत शेयर ४ गरी ५०७ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा शेयर सदस्यमा जेहेन्दार छोरा छोरीलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया