00:00:00
शिक्षा

नवज्योतिद्धारा जनभावनाका विपन्न विद्यार्थीलाई न्यायो कपडा सहयोग

मंगलबार मङ्सिर २४, २०८२/ Tuesday 12-09-25

प्रकाश पाण्डे । मंसीर २३ गते । नवज्योति विद्यार्थी मञ्चको आयोजनाले तिलोत्तमा ८ मा रहेको जनभावना मावि दीपनगरमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । आर्थिक रूपमा कमजोर जनभावनाका विद्यार्थीलाई  नवज्योतिको कक्षा ४ देखि १२ सम्मको शैक्षिक भ्रमणबाट बचेको रकमबाट न्यानो कपडा वितरण गरिएको विद्यालयका प्राचार्य टोपबहादुर केसीले जानकारी दिए ।

सोमबार जनभावना माविमा आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक्रम कार्यक्रममा नवज्योति बाल क्लब, नवज्योति रेडक्रस सोसाइटी र नवज्योति इन्टर्याक्ट क्लबको सहकार्य गरेका थिए । सो अवसरमा नवज्योतिका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जेपी कडेल, जनभावना माविका प्रअ शम्भु प्रसाद पराजुली, नवज्योतिका बोर्डिंग स्कुलका प्राचार्य टोपबहादुर केसी, दुवै विद्यालयका शिक्षक प्रतिनिधी तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

न्यानो कपडा वितरण पछि प्रतिक्रिया दिदै नवज्योति नवज्योतिका बोर्डिंग स्कुलका पा्रचार्य टोपबहादुर केसीले विद्यालयले विभिन्न समयमा सामाजिक कार्यहरुमा आफुलाई अग्रसर बनाउदै आएको बताउनुभयो । वहाँले विद्यार्थीहरुलाई नैतिकवान, अनुशासित तथा मर्यादित बनाउन यस्ता सामाजिक क्रियाकलापले महत्वपुर्ण भुमिका खेल्ने प्रतिकिैया दिनुभयो । 
 

तपाईको प्रतिक्रिया