सम्झना परिवार क्लबद्वारा निःशुल्क आँखा परीक्षण तथा परामर्श शिविर
प्रकाश पाण्डे । मंसीर २७ गते । सम्झना परिवार क्लब तिलोत्तमा ९ मंगलापुरद्धारा आयोजित १ दिने निःशुल्क आँखा परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्रालय भैरहवाको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ तिलोतमा युथ र रोटरी क्लब अफ रुद्रमती काठमाडौँको सहकार्यमा १ दिने शिविरको आयोजना गरिएको आयोजक क्लवले जनाएको छ । निःशुल्क आँखा शिविरमा स्थानीय सर्वसाधारणदेखि जेष्ठ नागरिक तथा विद्यार्थीले समेत सेवा लिएका थिए । समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सञ्चालन गरिएको शिविरमा करीब ४०० जनाको आँखा परीक्षण गरिएको सम्झना क्लबका सचिव अमृत गुरुङले जानकारी दिनुभयो ।
नियमित दृष्टि समस्या, आँखा सुन्निने, टार्च टेस्ट, दृष्टिमापन लगायतका आधारभूत जाँचका साथै विशेषज्ञद्वारा परामर्श सेवा समेत प्रदान गरिएको शिविरमा केहीमा सामान्य दृष्टि समस्या भेटिए पनि कतिपयलाई विशेष उपचार आवश्यक देखिएको चिकित्सकहरुले जानकारी दिएका छन । लुम्बिनी नेत्रालयका प्रबन्धक हिरा शाहले दृष्टि दोष देखिएका कतिपयको थप उपचार गर्न लुम्बिनी नेत्रालय भैरहवाबाट सेवा प्रदान गरिने बताउनुभयो । शिविरमा सहभागी ९४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजक सम्झना परिवार क्लबका अध्यक्ष धीरज पुनले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया