00:00:00
खेलकुद

तिलोत्तमा मेलामा आजबाट तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता हुने

बिजेताले ५० हजार, दोस्रो हुनेले ३०, तेस्रोले २० तथा सान्त्वना हुनेले १० हजार पाउने
सोमबार मङ्सिर ३०, २०८२/ Monday 12-15-25

प्रकाश पाण्डे । मंसीर २९ गते । तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ मा आजबाट तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता शुरु हुदैछ । महोत्सवमा आज मंसिर २९ गते सोमबारदेखि तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता  शुरु गर्ने गरि तयारी गरिएको खेल संयोजक विवस थापाले जानकारी दिनुभयो ।

थापाका अनुशार प्रतियोगितमा बिजेताले ५० हजार, दोस्रो हुनेले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैया प्राप्त गर्नेछन् ।  दिनप्रतिदिन भिडभाड बढिरहेको मेलामा आजबाट शुरु हुन लागेको तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिताले थप आर्कषण थप्ने थापाको भनाई छ ।

भलिबल खेलका लागी कोर्ट निर्माण लगायतका कामहरु सम्पन्न भैसकेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो । मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस १ गतेसम्म चल्ने भनिएपनि दर्शकको चापलाई मध्यनजर राख्दै केहीदिन थप गरिने जीएमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया