प्रकाश पाण्डे । पौष १ गते । नन्देश्वर योग साधना समिति तिलोत्तमा ९ को आयोजनामा १ दिने योग सचेतना कार्यक्रम सम्पन्न भएको छ । योग प्रशिक्षक धनकुमारी भट्टराईको अध्यक्षता तथा वडा अध्यक्ष ध्रुव न्यौपानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले योगले मानिसलाई स्वस्थ्य र निरोगी बनाउने बताए । नन्देश्वर महादेव मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधी कमल रेग्मी, टोल विकाश अध्यक्ष बेदप्रकाश न्यौपाने, योग प्रशिक्षकहरु प्रकाश भट्टराई, खगनाथ गैरे, नारायण सर, मदिरका अध्यक्ष सुकदेव बश्याल, मन्दिरका सल्लाहकार विष्णु पाण्डे, समाजसेवी रघुनाथ पाण्डे, देवी प्रसाद पाठक, नेपथ्य कलेजका प्राचार्य सन्जीव भण्डारी, विश्व शान्ति सामुदायिक आधारभुत विद्यालयका अध्यक्ष हरि पाण्डे, योग समिति सदस्यहरु लगायतको सहभागिता रहेको थियो । रमेश पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार खगेन्द्र बस्यालले हाइकु वाचन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया