एपेक्स स्कुलमा CES'25 “शिक्षामा खेलको प्रयोग” कार्यशाला
आज खाना महोत्सव, विजनेस स्टल, गेम जोन, भुत घर, नाटक र सांस्कृतिक कार्यक्रम गरिदै
प्रकाश पाण्डे । पौष ५ गते । रुपन्देहीको तिलोत्तमा १ शंकरनगरमा अवस्थित एपेक्स स्कुलमा CES'25 “शिक्षामा खेलको प्रयोग” कार्यक्रम शुरु भएको छ । शुक्रबार र शनिबार गरि २ दिनसम्म सन्चालन हुने कार्यक्रममा “शिक्षामा खेलको प्रयोग” मार्फत शिक्षण सिकाई र प्रशिक्षण दिने गरि भिन्न भिन्न कार्यशालामा विद्यार्थीहरुलाई सरिक गराइएको विद्यालयका प्राचार्य दीपक गौतमले जानकारी दिनुभयो ।
निजि र सामुदायिक गरि १३ विद्यालयको सहभागिता रहेको कार्यक्रममा शुक्रबार ३५० बढी विद्यार्थीले मोनोपोली, स्क्र्याम्बल, चेस, जियोग्राफिका, अगोरा स्पीकर्स, कविता लेखन, कोलाज, मुन, नाटक, डिवेट अन कोर्ट लगायत ११ वटा फरक फरक र्शक्षिक खेलहरु सम्पन्न गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका शिक्षिका मेनुका श्रीसले जानकारी दिनुभयो ।
कार्यशालामा सहभागी छात्र छात्रालाई शुरुमा सिकाई अभ्यासमा सहभागी गराएर पछि प्रशिक्षकको भुमिकामा प्रस्तुत गरिएको विद्यालयका सहप्राचार्य प्रभात केसीले जानकारी दिनुभयो । विद्यार्थीहरुमा अन्तरनिहित ज्ञानको भण्डारलाई शैक्षिक खेल मार्फत प्रस्फुटन गराउन आयोजित कार्यशालामा सहभागी भएका उत्कृष्ट विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको केसीको भनाई छ ।
एपेक्स स्कुलले शनिबार भने विद्यालय हाताभित्रै खाना महोत्सव, विजनेस स्टल, गेम जोन, भुत घर विविध सांस्कृतिक कार्यक्रम र नाटक लगायतका कार्यक्रम मार्फत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई सरिक गराएर विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
तपाईको प्रतिक्रिया