साना किसान कृषि सहकारी संस्था लि, मधवलियामा इन्दिरा तामागँ सहितको नयाँ नेतृत्व
प्रकाश पाण्डे । पौष ६ गते । साना किसान कृषि सहकारी संस्था लिमिटेड, मधवलिया, तिलोत्तमा १५ कोटिहवाको २७ औं बार्षिक साधारण सभा तथा ९ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कोटहीमाई मिसुजु विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष इन्दिरा तामागँले बार्षिक कार्यक्रम सहित अध्यक्षको प्रतिबेदन, ब्यवस्थापक नारायण प्र अर्यालले आर्थिक प्रतिबेृदन, तथा लेखा समिति संयोजक महेन्द्र पोख्ररेलले लेखा प्रतिबेदन प्रस्तुत गर्दै भावी योजनाबारे जानकारी गराउनुभएको थियो । यसैबीच शनिबार नै सम्पन्न ९ औं अधिवेशनले पुन इन्दिरा तामागँको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा बाबुराम खाती र सदस्यहरुमा क्रमश मानु थापा, राधा पाण्डे, महेन्द्र पोख्रेल, बुद्धकुमारी क्षेत्री, पुष्पा पाण्डे ,कमला घिमिरे र सिता थापा चयन हुनुभएको छ । अधिवेशनले बालकृष्ण न्यौपाने संयोजक रहने गरि ३ सदस्सिय लेखा समिति र संयोजक पछि चयन गर्ने गरि भगवती बस्याल र रमेश तिमिल्सिना सदस्य रहनुभएको २ सदस्सिय शिक्षा समिति पनि चयन गरेको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा तिलोत्तमा वडा न १६ का वडाअध्यक्ष झवि भुषालले साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रगति लोभलाग्दो रहेको बताउनुभयो । सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरेर आफुलाई अब्बल सावित गरेको सहकारीले शेयर सदस्यको जीवनस्तर उकास्ने गरि थप योजनाहरु ल्याउन भुषालले आग्रह गर्नुभयो ।
भुषालले कृषिसँगै उत्पादनमुखि क्षेत्रमा लगानी बढाउने गरि काम गर्न सहकारीलाई सुझाव दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथिद्धय साना किसान लघुवित्त वित्तिय संस्था लि बुटवल शाखाका प्रवन्धक शेरबहादुर चौधरी, जिल्ला समन्वय समिति सदस्य ऋषिराम बस्याल, पुर्व अध्यक्ष तथा हालका सल्लाहकार लेखनाथ पाण्डे लगायतले मन्तब्य दिनुभएको थियो । संस्थाका सन्चालक समिति सदस्य बालकृष्ण न्यौपानेको स्वागत र ब्यवस्थापक ब्यवस्थापक नारायण प्र अर्यालको सन्चालन रहेको संस्थामा कुल २१०० बढी शेयर सदस्य आबद्ध छन भने संस्थाको कुल पुँजी ४७ करोड ४८ लाख रहेको छ । कार्यक्रममा सहकारीका उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ नागरिक शेयर सदस्य, उद्यमी सदस्य, लगायतलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया