CES'25 को दोस्रो दिन एपेक्समा खाना महोत्सव सहित सृजनात्मक कार्यक्रम
\प्रकाश पाण्डे । पौष ६ गते । रुपन्देहीको तिलोत्तमा १ शंकरनगरमा अवस्थित एपेक्स स्कुलले CES'25 “गेमीफिकेशन इन एजुकेशन” कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार र शनिबार गरि २ दिनसम्म सन्चालन गरिएको कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरुले खाना महोत्सव, विजनेस स्टल, गेम जोन, भुत, नाटक मंचन सहित विविध सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो प्रतिभा प्रस्फुटन तथा पहिचान गर्ने अवसर पाएको विद्यालयका सहप्राचार्य प्रभात केसीले जानकारी दिनुभयो ।
एपेक्सका हाताभित्रै विद्यार्थीहरुले खाना महोत्सवमा भाग लिए । पाककलामा आफुलाई निखार्ने कोशिश गरेका विद्यार्थीहरुले भिन्न भिन्न परिकार बनाई स्टल लगाएका थिए । विद्यार्थीहरूले शिक्षक, अभिभावक तथा आफ्नै समकक्षीलाई मिठा मिठा परिकार बनाई बिक्री वितरण गरेको विद्यालयका प्राचार्य दीपक गौतमले बताउनुभयो । यसैगरि विद्यार्थीहरुले ब्यवसायिक सफलता प्राप्तिका लागी के कसरी अघि बढ्ने भन्ने विषयमा शनिबार नै विजनेस स्टल मार्फत सृजनात्मक जानकारी प्रस्तुत गरे ।
गेम जोन र भुत घर मार्फत आफ्नो सृजनात्मक कुशलता प्रद्र्धशन गरेका विद्यार्थीहरुको कलामा अभिभावकहरुले पनि साथ दिएका थिए । नयाँ, नौला र सृजनात्मक अभ्यासमा सदैव अग्रसर एपेक्स स्कुलका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम, नाटक र बिज्ञान प्रदर्शनी समेत प्रस्तुत गरेका छन । २ दिनसम्म निरन्तर चलेको कार्यक्रममा “शिक्षामा खेलको प्रयोग” मार्फत सिकाईकलाको अभ्यास गराइएको थियो ।
विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष आत्माराम पाण्डे अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा वडा न २ का अध्यक्ष दिल बहादुर भट्टराई, पुर्व जिशिअ टेकबहादुर थापा, विद्यालयका प्राचार्य दीपक गौतम लगायतले मन्तब्य दिदै विद्यार्थी आफैले आयोजना गरेको यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न उपयोगी हुने बताएका थिए ।
शिक्षिका मेनुका श्रीसले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सन्चालन शिक्षका एलिसा बराइली तथा शिक्षक केशव पुरीले संयुक्त रुपमा गर्नुभएको थियो । यसअघि शुक्रबार भने विभिन्न १३ विद्यालयबाट आएका विद्यार्थीहरुको सहभागितामा मोनोपोली, स्क्र्याम्बल, चेस, जियोग्राफिका, अगोरा स्पीकर्स, कविता लेखन, कोलाज, मुन, नाटक, डिवेट अन कोर्ट लगायत ११ वटा फरक फरक र्शक्षिक खेलहरु सम्पन्न गरिएकोे थियो ।
तपाईको प्रतिक्रिया