00:00:00
खेलकुद

जिल्लास्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई 

सोमबार पौष ७, २०८२/ Monday 12-22-25

तिलोत्तमा । बुटवलमा भएको जिल्लास्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि न्यु होराईजन ईगलिस बोर्डिङ स्कुलले जितेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा आईतबार भएको फाईनलमा सगरमाथा ईगलिस बोर्डिङ स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै न्यु होराईजनले उपाधि चुमेको हो । उपाधि विजेता न्यू होराईजन नगद २० हजार तथा उपविजेता सगरमाथा नगद १० हजार र ट्रफीबाट पुरस्कृत भए ।

देविनगरस्थित एन्फा एकेडेमीमा भएको फाईनल खेलमा न्यु होराइजनको जितमा सुण्डि बिकले २ तथा नसिब पुन, सन्दिप कार्किले एक–एक गोल गरे । प्रतियोगितामा न्यू होराईजनका आठ गोल गर्ने खेलाडी सन्तोष कार्की हाई स्कोरर तथा न्यू होराईजनकै युनिस केसी उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भए । पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा २० टिमहरु सहभागीता रहेको संयोजक लक्ष्मण अर्यालले बताए ।

यसैबीच बुटवलमा प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय ह्याकाथन २०८२ सम्पन्न भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा एभरेष्ट बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा सहभागीहरुले ‘स्वस्थ्य सेवाको पहुच तथा समाधानमा प्रविधिको उपयोग’ विषयमा आफ्नो परियोजना तयार पारेका थिए । कार्यक्रमको हिसान रुपन्देहीका प्रमुख सल्लाहकार दिनेश भुषालले उद्घाटन गर्दै प्रविधिको बढ्दो विकाससंग मानिस उपयोगी बनाउने गरि परियोजना ल्याउन आवश्यक रहेको आंैंल्याउनुभयो ।  प्रविधि युवाको आर्कषणको विषय समेत भएको भुषालको भनाई थियो । निर्णायक निर्मल थापाले ब्याचलर लेभलको यो कोडिङ प्रतियोगिता धेरै भएपनि पहिलोपटक प्लस टु लेभलमा आयोजना गरिएको बताउनुभयो । एप्पलिकेसन वा डिजिटल समाधानको उपाय निकाल्ने गरि समुहले डिजाईन र आफनो प्रस्तुति दिएको आधारमा विजेता घोषणा गरिएको थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा तिलोत्तमा सेकेण्डरी स्कुल प्रथम स्थान हासिल गर्दै नगद ८ हजार रुपैयासहित कप र प्रमाणपत्र, एभरेष्ट इगलिस बोर्डिङ स्कुल द्धितिय हुदै नगद ६, अक्सफोर्ड सेकेण्डरी स्कुल तृतिय हुदै नगद ४ हजार तथा न्यू ईन्भाइरनमण्टले सान्त्वना हुदै नगद २ हजार, कप र प्रमाणपत्रबाट पुरस्कृत भएका छन । प्रतियोगितामा १४ विद्यालय सहभागी रहेका थिए । 
यसैगरि जिल्लास्तरिय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा तिलोत्तमा सेकेण्डरी स्कुल प्रथम, एभरेष्ट ईगलिस बोर्डिङ स्कुल दोस्रो, मणिमुकुन्द कलेज तेस्रो, स्कलर्स होम बोर्डिङ स्कुल र प्यारामाउट इगलिस बोर्डिङ स्कुल सान्त्वना भएको हिसानका उपाध्यक्ष बाबुराम बन्जाडेले बताउनुभयो 
कार्यक्रममा हिसान नेपालका निर्देशक तथा हिसान रुपन्देहीका संस्थापक संरक्षक रामचन्द्र आचार्यले उद्घाटन गर्दै संस्थागत विद्यालयहरु ब्यवहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रतियोगिता पाच राउण्डमा संचालन भएको थियो । प्रतियोगितामा १९ विद्यालयहरु प्रतिस्प्रर्धा गरेका थिए ।
 

तपाईको प्रतिक्रिया