विन्दु भट्टराई, तिलोत्तमा ७ पुस ।
जापान शिक्षा मन्त्रालय र नागोया स्याङयु विश्वविद्यालयद्धारा श्री शंकरनगर दुर्गादत्तलाई कार्वनडाईअक्साईड मापन गर्ने ९सिओटु डिटेक्टर० मेसिन हस्तान्तरण गरेको छ । सोमबार पृथ्वी जोगाउनु मेरो कर्तव्य भन्ने नारासहित एक औपचारिक कार्यक्रमसंगै जापान विश्वविद्यालयमा अध्ययनरत भानुभक्त पुरि ९गुल्मी० र पुजा अधिकारी ९धनकुटा० ले ५ लाख बरावरको उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।
उनीहरुले सिओटु मेसिनको प्रयोग र उपयोगिताबारे शिक्षक र विद्याथीसंग प्रशिक्षण गरेका थिए ।
हस्तान्तरण कार्यक्रमका अवसरमा तिलोत्तमा नगरपालिकाका वातावरण शाखा प्रमुख युवराज पन्थीले विदेशमा गरेको अध्ययनलाई नेपालमा सदुपयोग गर्न सुझाए ।
विद्यालयका प्राचार्य चण्डि प्रसाद पाण्डेले यो सहयोगले विद्यार्थीहरुको सिकाईमा अर्को नयाँ आयाम थपिएको बताए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ कंडेलले विदेशमा भएको विकास हेर्दा रमाईलो लागेको भन्दै विकासमा अनुसरण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा सामाग्री हस्तान्तरण गरेका भानुभक्त पुरीले प्रशिक्षणको क्रममा देखेको विद्यार्थीहरुको उत्साहले यसतर्फ आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे । उहाँले बिधालयमा कार्वन कम गर्न के गर्न सकिन्छरुअनिश्चित भविश्यको सिकाईका बिषयमा समेत प्रष्ट पारेका थिए ।
हाल नेपाल कार्वनडाईअक्साईड उत्सर्ज गर्ने मुलुक मध्ये १ सय ५० औँ स्थानमा रहेको छ । नेपालले २०४५ सम्ममा कार्वन शुन्यमा झार्ने लक्ष लिएको छ ।
तपाईको प्रतिक्रिया