मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा
प्रकाश पाण्डे । पौष १२ गते । मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ८ सूर्यपुरा रुपन्देहीको २४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा जेष्ठ शेयर सदस्य काशीनाथ पाण्डेलाई प्रमुख जेष्ठ आसनग्रहण गराइएको कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष हिरालाल खनालले पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सर्बसम्मतिले पारित भएको छ । सो अवसरमा लेखासमितिको प्रतिबेदन प्रस्तुत गर्दै लेखा संयोजक तेजप्रसाद भट्टराईले संस्थाको हाल कुल पुँजी १४ करोड ५० लाखको हाराहारीमा रहेको बताउनुभयो ।
साथै सस्थाको कुल ऋण लगानी ११ करोड ३८ लाखको हाराहारीमा रहदा संस्थाले आर्थिक बर्ष ८१/०८२ मा १९ लाख ५५ हजार खुद मुनाफा गर्न सफल भएको जानकारी दिनुभयो । साधारण सभामा बोल्ने बक्ताहरुले अन्य सहकारीहरु भन्दा मिलिजुली बहुउद्देश्यीय सहकारी संस्थाले पृथक र असल कामको अभ्यास गर्दै अघि बढ्न सुझाव दिएका थिए । सभामा पुर्व अध्यक्ष तथा सल्लहकार तोयनारायण पन्थ, सल्लाहकार प्रतिमा भट्टराई, तानप्रसाद पाण्डे लगायतले मन्तब्य पदनुभएको थियो ।
पूर्व अध्यक्ष, उपाध्यक्ष, सल्लाहकार, संचालक समिति सदस्यहरु, लेखा समिति, ऋण लगानी उपसमिति, शिक्षा उपसमिति, महिला उत्प्रेरणा उपसमिति तथा खेलकुद एवं अतिरिक्त क्रियाकलाप उपसमिति र शेयर सदस्य लगायतको सहभागिता रहेको कार्यक्रममा जेष्ठ महिला तथा पुरुष सदस्य, असल ऋणी र कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत ४ जना शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । साधारण सभामा सस्थाका उपाध्यक्ष बिष्णुप्रसाद पाण्डेको स्वागत तथा लेखा संयोजक तेजप्रसाद भट्टराईले कार्यक्रमको संचालन गर्नुभएको थियो । संस्थामा हाल ८५० जना शेयर सदस्य आवद्ध छन ।
तपाईको प्रतिक्रिया