00:00:00
स्वास्थ्य

गुल्मेली सम्पर्क समाजद्वारा क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम         

आइतबार पौष १३, २०८२/ Sunday 12-28-25

तिलोत्तमा । पौष १३ गते । गुल्मेली सम्पर्क समाज रुपन्देहीले शनिबार क्यान्सर परीक्षण तथा सचेतना शिविर संचालन गरेको छ । नेपाल क्यान्सर अस्पताल एवम् नेपाल क्यान्सर सपोर्ट ग्रुपको समन्वय तथा सहकार्यमा क्यान्सर परीक्षण तथा सचेतना शिविर गरेको हो । रुपन्देहीको शंकरनगर – १ , ड्राइभरटोलमा अवस्थित होराइजन गौतमबुद्ध स्कुलमा आयोजित स्वास्थ्य शिबिरमा ७१९ जनाले क्यान्सरको परीक्षण गराएका छन ।

स्वास्थ्य शिबिरको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले घरघरबाट क्यान्सर रोग उन्मुलन गर्न जनचेतना र स्क्रिनिङ जरुरी रहेको बताउनु भयो । उहाँले यस क्षेत्रमा क्यान्सर अस्पताल बनाउन पालिकाले समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले नेपालमा क्यान्सरको बिरामी बढीरहेकाले सचेतना र स्किनिङलाई प्राथमिक दिनु पर्ने बताउनु भयो ।

उहाँले क्यान्सर १० प्रतिशत वंशानुगत कारण हुने भएकाले ती परिवार अलि बढी सचेत हुनु पर्ने बताउनुभयो । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर मेडिकल डाईरेक्टर डा. बिजेस राज घिमिरेले महिला स्तन क्यान्सरका बिरामी सहरी क्षेत्रमा बढेको बताउनु भयो । बिश्वमा २३ लाख क्यान्सर प्रभावित रहेकोमा ७ लाखको मृत्यु हुने गरेको बताउनु भयो । हरेक ३२ जनामा १ जनालाई स्तन क्यान्सरको जोखिम रहेको उहाँले बताउनु भयो । गाईनोलोजिष्ट डा. अनु बज्राचार्यले पाठेघरको मुखको क्यान्सरले नेपालमा पहिलो स्थान रहेकोमा अहिले स्तन क्यान्सरले स्थान ओगटेको बताउनु भयो ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब राजेन्द्र कुवंरले गर्नु भएको थियो । कार्यक्रममा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थ, सल्लाहकार तिकाराम शर्मा घिमिरे, न्यु होराईजन गौतमबुद्ध स्कुलका प्राचार्य गोपाल आचार्य , समाजका उपाध्यक्ष याम थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले नेपालमा क्यान्सर रोगीको संख्या थपिदै गएको अवस्थामा क्यान्सर रोग लाग्न नदिन अपनाईने साबधानीको बारेमा जानकारी दिन र निशुल्क स्क्रिनिङ सेवा सहित शिबिर संचालन गरिएको जानकारी दिनु भयो ।
 

तपाईको प्रतिक्रिया