00:00:00
शिक्षा

न्यु इन्भाइरनमण्ट माविमा अभिभावक अभिमुखिकरण कार्यक्रम

बिहीबार माघ ९, २०८२/ Thursday 01-22-26

प्रकाश पाण्डे । माघ ८ गते । न्यु इन्भाइरनमण्ट मावि तिलोत्तमा ५ मणिग्रामको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा कलर, फ्रि टाइम बास्केट, ट्राफिक नियमको प्रयोग, अभिवादन गीत, क्यालेण्डर गीत, कम्युनिटी हेल्परस तथा ब्यवहारिक क्रियाकलापहरु ल्गायतका विषयमा बालबालिकाहरु सरिक भएर आ आफ्नो प्रस्तुति दिएका थिए ।

विद्यालयले बुधबार कक्षा नर्सरी र एलकेजीमा अध्ययनरत विद्यार्थीहरुलाई सिपिएस क्याम्पमा सरिक गराएर विद्यार्थीहरुको ज्ञानको दायरा बढाउने र प्रतिभा प्रस्फुटन गराउने गरि प्रयोगात्मक विधि मार्फत सिकाई कलामा सरिक गराएको छ । कार्यक्रममा विशिष्ट अतिथि लेखक तथा बाल मनोबिज्ञानविद् पुजा शाहले बाल मनोबिज्ञान सम्बन्धि संवेदनशील र महत्वपुर्ण विषयमा ब्यवहारिक र प्रेरणादायी प्रस्तुति दिनुभएको थियो ।

विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्दै प्राचार्य मधुप्रकाश ज्ञवालीले यही माघ २० गते आयोजना गरिएको विद्यालयको ३२ औं बार्षिकोत्सवको पुर्वसन्धामा विभिन्न शैक्षिक, बोद्धिक, खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थी भाइबहिनीहरुलाई सरिक गराइने जानकारी दिनुभयो । 

ज्ञवालीले विगत १ बर्षदेखि लावन्या इन्टरनेशनलसँग सहकार्य गर्दै कक्षा नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरु लक्षित सिपिएस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरु आरुषि घिमिरेले पन्चशिल, प्रविर ज्ञवालीले वेदमन्त्र वाचन गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन शिक्षिका भगवती न्यौपानेले गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया