00:00:00
शिक्षा

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा चौथो साहित्यिक महोत्सव

शनिबार माघ ११, २०८२/ Saturday 01-24-26

प्रकाश पाण्डे । माघ १० गते । ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) मा चौथो साहित्यिक महोत्सव सम्पन्न भएको छ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित विद्यालयमा सरस्वती पूजाको दिन शुक्रबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव, पुस्तक विमोचन, कथाबाचन लगायतका विविध कार्यक्रम एकसाथ सम्पन्न भएका हुन् । विद्यालयका निर्देशक पुष्पा कंडेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यार्थीले रचना गरेको विस्पर अफ यङ माइन्डको विमोचन भएको थियो । वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थी र साहित्यकारका बीच अन्तरसम्वाद गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

साहित्य सिर्जना, साहित्यकारमा हुनुपर्ने गुण, साहित्य सिर्जनाको मर्म तथा विद्यार्थीहरुमा साहित्यप्रति रुचि लगायतका विषयमा विद्यार्थी विद्यार्थी र साहित्यकारका बीच अन्तरसम्वाद  गराइएको कुवँरको जनाउनुभयो । कक्षा पिदेखि १२ सम्मका ५०० भन्दा बढी विद्यार्थी र अभिभावका बीच आयोजित कार्यक्रमले विद्यार्थीहरुमा रहेको साहित्यक प्रतिभालाई प्रस्फुटन गराउने र साहित्यप्रति रुचि जगाउन पुलको काम गरेको संस्थापक प्राचार्य कुँबरले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गित संंगीत, कला, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रममा आफ्नो पस्तुती दिएको व्यवस्थापक उमेश कँडेलले जनाउनुभयो । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका साहित्यप्रेमी बालबालिकाले आआफना बाल प्रतिभाहरु प्रस्तुत गरेको महोत्सव सफलतापुर्वक सम्पन्न भएको र अक्षरारम्भ गर्ने दिन शुक्रबार तथा सिट बुकिङ गर्ने विद्यार्थीहरुलाई भर्ना शुल्कमा छुट समेत गरिएको जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया