00:00:00
खेलकुद

न्यु इन्भाइरन्मन्ट अंग्रेजी माविमा खेल सप्ताह शुरु

आइतबार माघ १२, २०८२/ Sunday 01-25-26

प्रकाश पाण्डे । माघ ११ गते । न्यु इन्भाइरन्मन्ट अंग्रेजी मावि तिलोत्तमा ५ मणिग्रामको आयोजना रहेको बार्षिक खेल सप्ताह कार्यक्रम शुरु भएको छ । यसक्षेत्र मै अग्रणी शैक्षिक सँस्थाको रुपमा आफुलाई चिनाउदै आएको न्यु इन्भाइरन्मन्टले खेलकुदका विभिन्न विधामा विद्यार्थीहरुलाई प्रतिस्प्रर्धात्मक रुपमा सरिक गराएको प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन तथा खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यले खेल महोत्सवको आयोजना गरिएको ज्ञवालीको भनाई छ । वहाँले माघ २० गते आयोजना गरिएको विद्यालयको ३२ औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा सिपिएस क्याम्प, खेल सप्ताह, रक्तदान, खाना महोत्सव लगायतका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

विद्यालयले खेलकुद तर्फ कक्षा १ को प्रतिस्प्रर्धा कक्षा १ सँगै हुनेछ भने कक्षा २ को प्रतिस्प्रर्धा कक्षा २ सँगै र एवं रितले अन्य कक्षाहरुमा पनि सोही बमोजिम खेलकुदका कार्यक्रमहरुको तालिका मिलाइएको छ ।  यसैबीच विद्यालयले आइतबार विद्यालय हाताभित्र, चपरहट्टीस्थित खेल मैदान र ज्योतिनगर खेल मैदानमा विभिन्न प्रतिस्प्रर्धाहरु सम्पन्न गरेका छ । विद्यालय हाताभित्र पुर्व प्रावि तहका नानीबाबुहरु बीच बेलुन ब्लास्ट, कुर्सी रेस लगायतका रोमान्चक प्रतियोगिताहरु सम्पन्न भए भने, चपरहट्टीस्थित खेल मैदानमा प्रावि तहका का लागी हिसाब दौड, कक्षा २, ३, ४ र ५ तर्फको १०० मिटर दौडको फाइनल लगायतका खेल सम्पन्न गरिएको शिक्षक मनिष कडेलले जानकारी दिनुभयो ।

यसैगरि ज्योतिनगर खेल मैदानमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई १०० मीटर र २०० मीटर दौड, रिले रेस, लगँजम्प, टग अफ वार लगायतका खेलहरु आयोजना गरिएका छन । वद्यार्थीहरुले एथलेटिक्स लगायत विभिन्न रमाइला तथा बौद्धिक खेलहरुमा प्रतिस्प्रर्धा गरिरहेको विद्यालयका अध्यक्ष नेत्रलाल बनले जानकारी दिनुभयो । विद्यालयका अनुसार सोमबार पनि प्रतियोगिताहरु निरन्तर जारी रहनेछन । 
 

तपाईको प्रतिक्रिया