न्यु इन्भाइरन्मण्टमा खाना महोत्सव सहितका बौद्धिक कार्यक्रमहरु सम्पन्न
प्रकाश पाण्डे । माघ १७ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राममा रहेको न्यु इन्भाइरन्मण्ट माविमा शुक्रबार खाना महोत्सव, लर्निगँ फेयर तथा बौद्धिक खेलहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान कार्यक्रम एकसाथ सम्पन्न भएको छ ।
कार्यक्रमहरुमा विद्दार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । विद्यालय प्रागँणमा आयोजित खाना महोत्सवमा विद्यार्थीहरुले पाककलामा आफुलाई निखार्दै आफैले बनाएका खाजा नास्ता आफ्ना समकक्षी साथी तथा शिक्षकहरु माझ पस्केका थिए ।
विद्यार्थीहरुले खानाका विभिन्न स्टल लगाई थरी थरीका परिकार मार्फत आफुलाई पाककलामा समेत अब्बल बनाउने कोशिश गरेका सहप्राचार्य ध्रुव खरेलले जानकारी दिनुभयो । खाना महोत्सवका स्टलहरुमा विद्यार्थीहरुले मम, समोसा, चटपटे,पकौडा,चिकन,पकौडा लगायत विभन्न पकवानहरु बनाएका थिए ।
यसैगरि लर्निगँ फेयर अन्र्तगत विद्यार्थीहरुले हाजिरी जवाफ, हिज्जे, मेमोरी टेष्ट, डिवेट अन कोर्ट, लाइभ पेन्टिगँ, गायन तथा नृत्य, स्क्रयाबल, स्पीच,कविता बाचन तथा कोल्याज लगायतका कार्यक्रमहरुमा समेत उत्साहप्रद भाग लिएका छन ।
विद्यालयको ३२ औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा सिपिएस क्याम्प, खेल सप्ताह, रक्तदान, खाना महोत्सव लगायतका कार्यक्रम सम्पन्न भैसकेका छन भने माघ १८, १९ र २० गते विद्यालयको ३२ औं बर्षगाँठ मनाइदैछ । यसैबीच विद्यालय हाताभित्रै शुक्रबार नै बौद्धिक खेलहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल तथा प्रमाणत्रपत्रले सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया