तिलोत्तमा । माघ १९ गते । न्यू इन्भाइरन्मन्ट अंग्रेजी मावि तिलोत्तमा ५ मणिग्राम ३२ औं वार्षिकोत्सव कार्यक्रम जारी छ । विद्यालयले पुर्व प्राथमिक, प्राथमिक र मावि तहका विद्यार्थी भाई बहिनीहरुका लागी ३ दिनसम्म ३२ औं वार्षिकोत्सवको आयोजना गरेको र मंगलबार अर्थात माघ २० गते मुल समारोह भब्य रुपमा सम्पन्न गर्ने गरि सम्पुर्ण तयारी पुरा प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।
यस क्षेत्र कै अग्रणी शैक्षिक संस्थाका रुपमा आफुलाई चिनाउँदै आएको विद्यालयले माघ १८, १९ र २० गते ३ दिनसम्म ३२ औं वार्षिकोत्सव मनाउने निर्णय गरेको थियो । सोही अनुशार मंगलबार मुल समारोहको आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनले जानकारी दिनुभयो । सोमबार अर्थात माघ १९ गते नर्सरी, एलकेजी, युकेजी तथा कक्षा १ का विद्यार्थी नानी बाबुहरुले विविध सांस्कृतिक रहनसहन र पहिरन सहितको नृत्य कार्यक्रममा सरिक भएका थिए ।
विविध भेषभुषा, पहिरन, रितिरिवाज र संस्कृतिमा आधारित रही कलात्मक नृत्य लगायतका विभिन्न कार्यक्रममा करीव साढे ६ सय विद्यार्थी र तिनका अभिभावक सरिक भएको विद्यालयले जनाएको छ । उद्धभाटन सत्रमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, प्राचार्य मधुप्रकाश ज्ञवाली, सहप्राचार्यद्धय ध्रुव खरेल र पदम बहादुर राना लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया