तिलोत्तमा नगरका १७४९ किसानलाई दुधमा साढे ६१ लाख अनुदान
तिलोत्तमा । माघ २० गते । तिलोत्तमा नगरपालिकाले पशुपालक किसानहरुलाई उत्पादनमा आधारित दुधमा अनुदान दिएको छ । सधैको बर्ष जस्तै यस बर्ष पनि उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकाले अनुदान दिने निर्णय गरेको हो । मंगलबार नगरपालिकाको हलमा एक औपचारिक कार्यक्रमका बीच १८ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु मार्फत १७४९ किसानहरुको प्रति लिटर २ रुपैयाको दरले हुन आउने रकम करिव ६१ लाख १३ हजार ५ सय ९६ अनुदान बितरण गरिएको पशु सेवा शाखा प्रमुख राजु कुँवर मगरले बताउनुभयो। नगरपालिका भरिका किसानले उत्पादन गरेको ३० लाख ५६ हजार ७ सय ९८ लिटर दुधको अनुदान स्वरुप सो रकम किसानहरुकै हातमा बुझाउने गरि सहकारी मार्फत पठाईएको प्रमुख मगरले बताऊनुभयो ।
सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले किसानहरुको प्रोत्साहनका लागि दुधमा अनुदान स्वरुप १ रुपैया बाट बढाएर प्रति लिटर २ रुपैया बनाइएको बताउनुभएको छ।सो कार्यक्रममा आफ्नो बिचार राख्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले किसानलाई थप उर्जा प्रदान गर्न हेर्दा सानो रकम भएपनि नगरपालिकाले दिएको अनुदानमा ठुलो खर्च भएकोले सहि सदुपयोग गरि पशुपालनमा थप सक्रिय भएर लाग्न किसानहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा किसानहरुलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले प्रदान गरेको अनुदानले किसान हरुलाई थप सहजता होस् र पशुपालनमा केहि हदसम्म भएपनि सहयोग पुगोस भन्ने उदेश्यले ओदान दिइएको बताउनुभयो। कार्यक्रममा १८ दुघ्ध उत्पादक सहकारीको तर्फबाट केन्द्रिय दुघ्ध उत्पादक सहकारी संस्थाका सदस्य हरि काफ्लेले आफ्नो बिचार राख्दै नगरपालिकाले दिएको अनुदानको प्रशंशा गर्दै पशुपालक किसानहरुलाई दुध उत्पादन र पशु पालनामा धेरै समस्या भएको र आगामी दिनमा किसानको हितमा नगरपालिकाले छुट्टै लक्ष्य राखी बजेट बनाउन आग्रह समेत गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया