00:00:00
शिक्षा

न्यु इन्भाइरन्मण्ट माविको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

प्राचार्य मधुप्रकाश ज्ञवाली दीर्घसेवा पदकबाट सम्मानित
बुधबार माघ २२, २०८२/ Wednesday 02-04-26

तिलोत्तमा । माघ २१ गते । न्यु इन्भाइरन्मण्ट अंग्रेजी मावि तिलोत्तमा ५ मणिग्रामको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय सन्चालक समितिका अध्यक्ष नेत्रलाल बनको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले न्यु इन्भाइरन्मण्ट माविले हासिल गरेको सफलता र संघर्षको विषयमा चर्चा परिचर्चा गरेका थिए । मंगलबार आयोजित कार्यक्रमको उद्घघाटन गर्दै नगरप्रमुख खाँणले निजी तथा सामुदायिक विद्यालयलाई हेर्ने नगरपालिकाको दृष्टिकोण समान रहेको बताउनुभयो । वहाँले गुणस्तरीय शिक्षाका लागी प्रतिबद्ध न्यु इन्भाइरन्मण्ट माविको प्रगति लोभलाग्दो रहेको र अतिरिक्त, प्रयोगात्मक, तथा सृजनशिल कृयाकलापमा देखाएको अग्रसरता प्रशंशनीय रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्याव्सन केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र रानाले न्यु इन्भाइरन्मण्टले अहिलेको विरासत प्राप्त गर्न लामौ संघर्ष गरेको बताउनुभयो । वहाँले निजि विद्यालयहरु सधै चेपुपामा पर्ने गरेको स्मरण गर्दै स्थानीय सरकारले हेर्ने दृष्टिकोण पनि समान नरहेको बताउनुभयो । विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पठनपाठनका लागी शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयले संस्कारी, नयाँ नौला अभ्यास साथै प्रयोगात्मक शिक्षामा विशेष जोड दिएको बताउनुभयो । विद्यालयको ३२ औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा विद्यालयले सिपिएस क्याम्प, खेल सप्ताह, रक्तदान, खाना महोत्सव, विविध साँस्कृतिक कार्यक्रमसँगै विद्यालयको ३२ औं बार्षिकोत्सव आयोजना गर्न पाउँदा हर्ष लागेको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्य, अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रमेस डुम्रे, शिक्षक अभिभावक, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयमा लामो समयदेखि सेवारत शिक्षक, कर्मचारी, उत्कृष्ट शिक्षक, एस.ई.ई मा ४ जि.पि.ए ल्याउन सफल छात्र प्रतिक भुषाल लगायतलाई विभिन्न सम्मान तथा पदकबाट सम्मान गरिएको छ । सो अवसरमा विद्यालयमा ज्ञानबाटिका पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, कला प्रदर्शनी, कराँते प्रदर्शनी लगायतका कार्यक्रमहरु समेत आयोजना गरेको विद्यालयले जनाएको छ । यसैगरि विभिन्न अक्षयकोषबाट प्राप्त रकमबाट कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रममा विभिन्न साँगितिक, साँस्कृतिक तथा नृत्य र गीत संगीत समेत प्रस्तुत गरिएको थियो । वार्षिकोत्सव कै अवसरमा १ हजार ७ सय बढी विद्यार्थीलाई विभिन्न विधाका पुरस्कार र मेडलले सम्मान गरिएको छ ।
 

तपाईको प्रतिक्रिया